बाढी प्रभावित सुकुम्बासी बस्तीमा अमेरिकाबाट हेम थापाको एक लाख सहयोग – Nepal Press

बाढी प्रभावित सुकुम्बासी बस्तीमा अमेरिकाबाट हेम थापाको एक लाख सहयोग

काठमाडौं । बाढीले तहसनहस पारेको थापाथलीको सुकुम्बासी बस्ती (प्रसुतीगृह अगाडि) लाई अमेरिका निवासी हेम थापाले एक लाख रूपैयाँ सहयोग गरेका छन् ।

हेम एन्ड माया फाउण्डेसनमार्फत उपलब्ध गराइएको उक्त सहायता आज सामाजिक सञ्जाल अभियन्ता पुण्य गौतमले हस्तान्तरण गरे ।

सहयोग हस्तान्तरण गर्दै गौतमले यसलाई उचितरूपमा सदुपयोग गर्न आग्रह गरेका थिए । अमेरिकाबाट थापाले आफ्नो गाँस काटेर नेपालीहरूलाई २९ करोड रूपैयाँ सहयोग गरिसकेको उनले जानकारी गराए ।

सहयोग ग्रहण गर्दै सुकुम्बासी टोलका अध्यक्ष मिनकुमार रानामगरले संकटको बेला प्राप्त भएको यो सहयोग अमृतसरह भएको बताए । उनले यसको सही सदुपयोग हुने प्रत्याभूति पनि दिएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर