च्याम्पियन्स लिग : रियाल मड्रिड पराजित – Nepal Press

च्याम्पियन्स लिग : रियाल मड्रिड पराजित

हेटौँडा । युरोपेली च्याम्पियन्स लिगमा रियाल मड्रिड पराजित भएको छ ।

डिफेन्डिङ च्याम्पियन समेत रहेको स्पेनिस क्लम रियललाई फेन्च क्लब लीलेले पराजित गरेको हो ।

खेलमा एक मात्र विजयी गोल खेलको पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा जोन्थन डेभिटले पेनाल्टी मार्फत गरे ।

त्यसपछि दुवै टिमको तर्फबाट कुनै गोल हुन नसक्दा खेल लीलेले १-० ले जित्यो ।

गए राति नै भएको अर्को खेलमा दुईवटा आत्मघाती गोल गर्दै स्पेनिस क्लब जिरोना फियोनर्डसँग ३-२ गोल अन्तरले पराजित भएको छ ।

बेनिफाले एथलेटिको मड्रिडलाई ४-० ले पराजित गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *