सीजी नेटले ल्यायो हातै खाली नरहने अफरहरूको बहार – Nepal Press

सीजी नेटले ल्यायो हातै खाली नरहने अफरहरूको बहार

काठमाडौं । नेपालीहरूको महान् चाड दशैँ, तिहार, छठ तथा ईद पर्वको अवसरमा सीजीनेटले ग्राहकहरूको लागि २०८१ सालको असोज र कात्तिक महिनामा इन्टरनेट सेवा नवीकरण र नयाँ जडान गर्दा हातै खाली नरहने अफरहरू लिएर आएको छ ।

यस अफरमा सीजीनेटका सम्पूर्ण ग्राहकहरूले फास्टेस्ट इन्टरनेट सेवा सँगै ३ महिनासम्मको बोनस रु. १५०० सम्मको नगद छुट, इन्स्ट्यान्ट क्यासब्याक र फ्री वाई–फाई–६ अपग्रेड पनि पाउन सक्नेछन् ।

यस हातै खाली नरहने अफरको साथमा, सीजीनेटको १०१ एमबीपिएसको वार्षिक नवीकरण तथा नयाँ जडान गर्ने ग्राहकहरूले सुरुवाती मूल्य रु.९,९९९ मात्रमा स्मार्ट बल्ब निःशुल्क पाउनेछन् ।

१५० एमबीपीएस र २५० एमबीपीएसको नवीकरण तथा नयाँ जडान गर्दा सुरुवाती मूल्य रु. १२,४९९ मा अत्याधुनिक क्लोज सर्किट टेलिभिजन (सीसीटिभी) निःशुल्क पाउनेछन् ।

यसैगरी, ३५० एमबीपीएस र ६६६ एमबीपीएसको वार्षिक नवीकरण तथा नयाँ जडान गर्दा सुरुवाती मूल्य रु. १४,४९९ मा दुबै निःशुल्क पाउनेछन् ।

नेपालका अधिकांश सहरमा सस्तो, छिटो, र गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्दै आक्रामक व्यापार गरिरहेको यस कम्पनीले आफ्ना ग्राहकहरूलाई दैनिक रूपमा सी जी डिजिटल, मिनिसो, फॉरएवर यंग, कस्पेरस्काई एन्टि भाइरस, नेपाल टी कलेकटिभ्स र कलास्सीक डायमंडका सामान खरिदमा ७० प्रतिशत सम्मको छुटको व्यवस्था गरेको छ । साथै, चैतन्य स्पाः र पठावबाट सेवा लिँदा पनि यति नै मात्राको छुट उपलब्ध गराइएको छ ।

त्यस्तैगरी, नवीकरण तथा नयाँ जडान गर्ने ग्राहकहरूले साप्ताहिक रूपमा रु. ५०,००० मूल्य बराबरका मिनिसो र फॉरएवर यंग ब्रान्डका सामान उपहार स्वरूप प्राप्त गर्न सक्नेछन् ।

साथै, नोथिंग ब्रान्डको सीएमएफ फोन–१, एयरबर्ड, र मिराया रिसोर्टमा एक रातको आकर्षक प्याकेज पनि घोषणा गरिएको छ ।

आक्रामक बजार नीतिका साथ, आफ्ना ग्राहकहरूलाई यस योजना अन्तर्गत मासिक रूपमा वाशिङ्ग मेसिन, माइक्रोवेभ ओभन, तथा बम्पर उपहार योजना अन्तर्गत हिरोको जूम स्कुटर उपहार स्वरूप घोषणा गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *