बाढीले तहसनहस भएको खुर्कोट पुलमा घोप्टिएको अवस्थामा पुरुषको शव भेटियो – Nepal Press

बाढीले तहसनहस भएको खुर्कोट पुलमा घोप्टिएको अवस्थामा पुरुषको शव भेटियो

रामेछाप । रोशी र सुनकोशीको वितण्डाले तहसनहस भएको मध्यपहाडी राजमार्गको खुर्कोटमा बिहीबार दिउँसो एउटा शव फेला परेको छ ।

सुनकोशीको बाढीले बजार र रामेछाप जोड्ने पुलसमेत बगाएर खण्डहर बनेका खुर्कोटको बगरमा एक पुरुषको शव भेटिएको हो ।

रामेछापको खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले खुर्कोट पुलनिर करिब ४० वर्षको पुरुषको शव घोप्टिएर बगेको अवस्थामा भेटिएको र प्रहरीलाई खबर गरिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर