भारतकाे १५ अर्ब अनुदानमा पेट्रोलियम पाइपलाइन र ग्रीनफिल्ड टर्मिनल बन्ने – Nepal Press

भारतकाे १५ अर्ब अनुदानमा पेट्रोलियम पाइपलाइन र ग्रीनफिल्ड टर्मिनल बन्ने

काठमाडौं । भारत सरकारको अनुदानमा पेट्रोलियम पाइपलाइन र ग्रीनफिल्ड टर्मिनल बनाइदिने भएको छ ।

आज नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट र इण्डियन आयल कर्पोरेशनका डाइरेक्टर सेन्थल कुमार बीच भारत सरकारका पेट्रोलियम तथा नेचुरल ग्यास सचिव पंकज जैन तथा इण्डियन आयल कर्पोरेशन बी टु बी फेमवर्क एग्रिमेन्ट भएको हो । पेट्रोलियम पाइपलाइन र भण्डारण क्षमता निर्माण कार्यका लागि काम गर्ने भनेर हस्ताक्षर भएको हो ।

भारतको सिलिगुडीदेखि नेपालको झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन अनुदानमा निर्माण हुने छ । भने, झापाको चारआलीमा १८ हाजर ९ सय किलोलिटर क्षमताको स्र्माट ग्रीनफिल्ड टर्मिनल भारत सरकारको निर्माण गरिदिने छ ।

अमलेखगंजबाट चितवनको लोथरसम्म ६२ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन परियोजना भारत सरकारको अनुदानमा निर्माण हुनेछ ।

चितवनको लोथरमा ९१ हजार ९ सय किलोलिटर क्षमताको स्र्माट ग्रीनफिल्ड टर्मिनल भारत सरकारको प्राविधिक सहयोगमा नेपाल आयल निगमको लगानीमा निर्माण हुनेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर