पूर्वराजा ज्ञानेन्द्र भुटान पुगे, विमानस्थलमा राजकुमारीले गरिन् स्वागत – Nepal Press

पूर्वराजा ज्ञानेन्द्र भुटान पुगे, विमानस्थलमा राजकुमारीले गरिन् स्वागत

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह निजी भ्रमणका क्रममा भुटान पुगेका छन् । आज उनी ५ सदस्यीय टोलीसहित भुटानको राजधानी थिम्पुमा अवतरण भएका हुन् ।

पूर्वराजासँग पूर्वअधिकारकुमारी (छोरी) प्रेरणा र पूर्वशाहज्यादी (भतिजी) शिताष्मा पनि छन् । पारिवारिक सदस्य राजु सिंह पनि भ्रमण दलमा छन् ।

भुटानको राष्ट्रिय ध्वजावाहक ड्रुक एयरलाइन्सबाट गएका पूर्वराजालाई स्वागत गर्न बिमानस्थलमा रातो कार्पेट ओछ्याइएको थियो । भुटानकी राजकुमारी बिमानस्थलमा रिसिभ गर्न पुगेकी थिइन् ।

स्रोतहरुका अनुसार पूर्वराजाको यो भ्रमण राजनीतिक हो । उनी भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुककै निमन्त्रणमा गएको दाबी गरिएको छ । पूर्वराजाका स्वकीय सचिव सागर तिमल्सिना भ्रमणकाे तयारीका लागि केही दिनअघि नै भुटान पुगेका थिए ।

स्रोतका अनुसार पूर्वयुवराज्ञी हिमानी पनि जाने तयारी थियो, तर अस्वस्थ भए जान सकिनन् । उनकाे खुट्टाकाे लिगामेन्टमा समस्या भएर बैड रेस्टमा छिन् ।

पूर्वराजाले भुटानी राजासँग भेटवार्ता गर्ने बुझिएको छ । अन्य उच्च पदस्थहरुसँग पनि भेट्नेछन् ।

यो भ्रमणको प्रयोजन खुलाइएको छैन । पूर्वराजाका तर्फबाट भ्रमण गर्ने सूचनाबाहेक अरु विवरण सार्वजनिक भएका छैनन् ।

तस्बिरहरु:

तस्बिरहरु: रमा सिंहकाे फेसबुक


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *