कुलेश्वरको रानीसतीलाई ३ लाखसहित ९ वटा फर्मलाई एकैदिन ६ लाख ४० हजार जरिवाना – Nepal Press

कुलेश्वरको रानीसतीलाई ३ लाखसहित ९ वटा फर्मलाई एकैदिन ६ लाख ४० हजार जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंको कुलेश्वरस्थित रानीसती इन्टरनेश्नल प्रालिलाई ३ लाखसहित विभिन्न फर्मलाई ऐन कानून पालना नगरेको भन्दै एकै दिन ६ लाख ४० हजार जरिवाना गरेको छ ।

मूल्य सूची/दर्ता प्रमाण पत्र नराखेको, रिलेवलिङ गरेको वा गुणस्तर परिमाण, मूल्य, नापतौलमा हेरफेर गरेको आरोपमा विभागले रानसतीलाई कारबाही गरेको हो ।

विभागले टोलीले बुधबार बजार अनुगमनका क्रममा उक्त प्रालीलाई मापदण्डअनुरुप मुल्यसूची तथा दर्ता प्रमाणपत्र नराखेको तथा रिलेवलिङ गरेको वा गुणस्तर परिणाम मुल्य तथा नापतौलमा हेरफेर गरेको भनभएको भन्दै ३ लाख जरिवाना गरेको हो ।

त्यस्तै, त्रिभुवन अन्तराष्ट्रिय बिमनस्थलमा रहेको होटल सोनिङ र एयरपोर्ट टि कफी एण्ड कन्फेक्सनरी सप प्रालीलाई मूल्य सूची र दर्ता प्रमाणपत्र नराखेको भन्दै ७५-७५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।

त्यस्तै, विभागले त्रिभुवन विमानस्थलमा नै रहेको एबीपी मार्ड प्रालीलाई मूल्य सूची र दर्ता प्रमाणपत्र नराखेको भन्दै ६० हजार जरिवाना गरेको छ । विभागका अनुसार बुधबार नै त्रिभुवन बिमानस्थमा नै रहेको नवदुर्गा इन्टरप्राइजेज प्राली र सान इन्टरप्राइजेज प्रालीलाई मुल्य सूची तथा दर्ता प्रमाणपत्र मात्रै नराखेको भन्दै ५०–५० हजार जरिवाना गरेको छ ।

यस्तै ललितपुरको लगनखेलमा रहेको एसजी स्टोरलाई खरिद बिल बिजक नराखेको भन्दै १५ हजार जरिवाना गरेको छ भने भक्तपुरको मध्यपुर थिमीमा रहेको आशिष तरकारी तथा फलफूल तथा माछा पसललाई खरिद बिल बिजक नराखेको भन्दै १० हजार जरिवाना गराएको छ ।

ललितपुरको लगनखेलमा रहेको न्यू मित्र स्टोरलाई खरिद बिल विजक नराखेको भन्दै ५ हजार जरिवाना गराएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर