काठमाडौं महानगरले नउठाएको त्रिपुरेश्वर-टेकु क्षेत्रको फोहोर अखिलले उठायो (भिडिओ) – Nepal Press

काठमाडौं महानगरले नउठाएको त्रिपुरेश्वर-टेकु क्षेत्रको फोहोर अखिलले उठायो (भिडिओ)

काठमाडौं । काठमाडौंमा आएको बाढी तथा डुबानबाट भएको फोहोर काठमाडौं महानगरले नउठाएपछि विद्यार्थी संगठन अखिल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले उठाएको छ ।

नेकपा एमाले निकट अनेरास्ववियुले काठमाडौँका सुकुम्वासी बस्तीमा थुपारिएको फोहोर व्यवस्थापन गरेको हो । अनेरास्वयवियु महासचिव नरेश रोकायाको नेतृत्वमा काठमाडौँ जिल्ला कमिटीले काठमाडौंको त्रिपुरेश्वर लगायतका सुकुम्वासी बस्तीको फोहोर व्यवस्थापन गरेको हो ।

रोकायाका अनुसार उक्त क्षेत्रमा भएका १९३ मध्ये १८८ घर डुबानमा परेका छन् । त्यहि क्षेत्रमा बढेको फोहोर उठाइएको हो । ‘विद्यार्थीहरुको पहलमा हामीले १२ टिपर फोहोर उठायौं’, महासचिव रोकायाले नेपाल प्रेसलाई भने ।

काठमाडौं महानगरले फोहोर व्यवस्थापनमा ढिलाइ गरेपछि अनेरास्ववियुले डोजर लगाएर फोहोर व्यवस्थापन गरेको हो ।

अनेरास्ववियु फोहोर उठाएर टेकु स्थित डम्पिङ साइडमा व्यवस्थापन गरिरहेको छ ।

फोहोरबाट महामारी प्रकोप फैलिने त्रास उत्पन्न भएपछि अनेरास्ववियुले उक्त पहलकदमी लिएको सङ्गठनका केन्द्रीय सचिव सन्जिब धितालले जानकारी दिए ।

‘काठमाडौं महानगरले सुकुम्बासी बस्तीमा चासो दिएन, स्थानीयले हामीलाई सहयोग मागे,’ उनले भने, ‘हामीले फोहोर उठाएर टेकुस्थित डम्पिङ साइडमा व्यवस्थापन गरिरहेका छौँ ।’

अनेरास्ववियुको स्वयंसेवक टोली विपत प्रभावित क्षेत्रमा परिचालन भएको र संगठनका सचिव डा.सुजन कडरियाको नेतृत्वमा स्वास्थ्य उपचार शिविर समेत सन्चालन गरिएको महासचि नरेश रोकायले बताए ।

 


प्रतिक्रिया

One thought on “काठमाडौं महानगरले नउठाएको त्रिपुरेश्वर-टेकु क्षेत्रको फोहोर अखिलले उठायो (भिडिओ)

  1. Great job.
    This is how responsible citizen move. They do not have to be publicized, they are the real heroes working for the people, making Nepal great !!
    Salute !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *