धवल शम्शेरलाई संगठन विभाग प्रमुखबाट हटाउने निर्णयमा डा.लोहनीको असहमति – Nepal Press

धवल शम्शेरलाई संगठन विभाग प्रमुखबाट हटाउने निर्णयमा डा.लोहनीको असहमति

निर्देशक समितिका अध्यक्ष प्रकाश चन्द्र लोहनीले भने– बिरामी साथीलाई संगठन विभागको प्रमुखबाट हटाउने निर्णय अविवेकी र अमानवीय

काठमाडौं । राप्रपाका केन्द्रीय निर्देशक समिति प्रमुख डा. प्रकाश चन्द्र लोहनीले महामन्त्री धवल शम्शेर जबरालाई संगठन विभाग प्रमुखबाट हटाइएकोमा असहमति व्यक्त गरेका छन् ।

अध्यक्ष राजेन्द्र लिंङ्देनले विहीवार राणासहितका नेताहरुको जिम्मेवारी हेरफेर गरेका थिए । लोहनीले आफ्नो असहमति व्यक्ति गर्दै अध्यक्षको निर्णयलाई अविवेकी र अमानवीय भनेका छन् ।

लोहनीले भने– राप्रपाका सांसद तथा माहामन्त्री धवल शम्शेर बिरामि भयेर बिदेश मा उपचार गराउँदै हुनुहुन्छ यस्तो बेलामा उहाँलाई सङगठन विभागको प्रमुखबाट हटाउनु अविवेकी तथा अ्मानवीय निर्णय हो र बिरामी साथीलाई तनाव दिने काम मात्र हो । यो निर्णयप्रति म दुख ब्यक्त गर्दछु र मेरो असहमति स्पष्ट गर्दछु ।

राप्रपामा पछिल्लो जिम्मेवारी हेरफेरले खैलाबैला मच्चिएको छ । यससम्बन्धी समाचारका लागि याे लिंकभित्र जानुहोस् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *