कर्णाली एभरेस्ट महिला भलिबल लिगको फाइनल प्रवेश – Nepal Press

कर्णाली एभरेस्ट महिला भलिबल लिगको फाइनल प्रवेश

काठमाडौं । कर्णाली यश्विज एभरेस्ट महिला भलिबल लिगको फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा बिहीवार भएको खेलमा चितवन शक्तिलाई ३-२ ले हराउँदै कर्णालीले एक खेल अगावै फाइनलमा यात्रा तय गरेको हो ।

पहिलो सेट २०-२५ ले ले चितवनलाई सुम्पिएको कर्णालीले दोस्रो सेट २५-१८ ले आफ्नो पक्षमा पार्‍यो । तेस्रो सेट पुनः २१-२५ ले चितवनलाई सुम्पिदा कर्णालीले चौथो सेट २५-१५ ले जित निकाल्दा खेल पाँचौ सेटमा धकेलिएको थियो ।

निकै प्रतिस्पर्धात्मक भएको खेलमा अन्तत १४-१३ ले जित निकाल्दै कर्णालीले फाइनलमा यात्रा तय गर्न सफल भयो।
लिगमा अपराजित कर्णालीको १० अंक पुगेको छ ।

अब चितवन, ललितपुर र काठमाडौंमध्ये एक टोलीले फाइनल खेल्नेछन् । उक्त टोलीको टुंगो शुक्रबार हुने खेलले लाग्नेछ ।

मधेश युनाइटेड र गण्डकी थन्डर्स भने प्रतियोगिताबाट बाहिरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर