सिद्धार्थ केबलकारमा नयाँ नेतृत्व चयन, आईपीओ खोल्ने तयारी – Nepal Press

सिद्धार्थ केबलकारमा नयाँ नेतृत्व चयन, आईपीओ खोल्ने तयारी

रुपन्देही । बुटवल उपमहानगरपालिका वडा नं. १ मा रहेको सिद्धार्थ केबलकार लिमिटेडको आर्थिक वर्ष २०७९/२०८० को वार्षिक साधारण सभाले सञ्चालक समिति चयन गरेको छ ।

साधारण सभाले ४ जना सञ्चालक समिति सँगै कम्पनीको चार वर्षे कार्यकालको लागि ई. राजेन्द्रसिंह गुरुङ अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । त्यस्तै गरी कम्पनीको सञ्चालक समितिमा ई. रमेशप्रसाद सापकोटा निर्वाचित भएका छन् ।

त्यस्तै गरी शेयरधनीबाट कम्पनीको प्रबन्ध सञ्चालकमा कम्पनीका सञ्चालक प्रभुलाल अधिकारी चयन भएका छन् भने सञ्चालकमा माधव प्रसाद नेपाललाई सर्वसम्मत निर्वाचित गरेको निर्वाचन मण्डलका संयोजक अधिवक्ता बाबुराम भुसालले बताए ।

नवनिर्वाचित सञ्चालक समिति सदस्यहरूलाई प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष भोजकुमार खड्काले बधाई दिँदै सफल नेतृत्वको लागि शुभकामना दिएका थिए । साधारण सभाले सार्वजनिक शेयर निष्कासन गर्ने सम्बन्धमा छलफल गरेको छ ।

बाँकी ३ सदस्यहरूमा १ जना स्वतन्त्र सञ्चालक र दुई जना सर्वसाधारण शेयरधनीबाट आउने जनाइएको छ । कम्पनीमा २ सय २९ जना शेयर सदस्य रहेका छन् भने कम्पनीले आईपीओ १५ करोड रुपैयाँ बराबरको शेयर खोल्ने तयारी गरेको छ ।

सिद्धार्थ केबलकार देउराली डाँडादेखि पाल्पाको नुवाकोट गढीसम्म करिब २ किलोमिटर दुरीमा सञ्चालित रहेको छ । नुवाकोट गढीलाई आन्तरिक पर्यटन प्रवर्द्धनका गर्न र ऐतिहासिक स्थलका रूपमा विकास गर्न लगानी भइरहेको छ ।

अहिले यहाँ अनौपचारिक रूपमा केबलकार सञ्चालन गरिएको छ । बुटवलबाट त्यहाँ पुगेपछि बुटवल बजार छर्लङ्ग देख्न सकिन्छ । सिद्धार्थ केबलकार सञ्चालनमा आए पनि औपचारिक उद्घाटन भने हुनै बाकी छ ।

पर्यटक आकर्षण गर्न केबलकारको प्रवेशद्वार नजिकै अत्यन्तै मनमोहक कमलको फुल र पृथ्वी घुमिरहेको तस्बिर बनाइएको छ ।

बुटवलमा यसअघि लुम्बिनी केबलकार सञ्चालनमा आइसकेको छ । भारतीय पर्यटकलाई लक्षित गरेर सञ्चालनमा आएका यी केबलकारबाट माथि पुगिने डाँडामा बुटवलभन्दा ५ देखि ७ डिग्री तापक्रम कम हुने र जंगलको क्षेत्र भएकाले आकर्षणमा परेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर