राष्ट्र बैंकले माग्यो विभिन्न पदमा २८ जना करारमा कर्मचारी – Nepal Press

राष्ट्र बैंकले माग्यो विभिन्न पदमा २८ जना करारमा कर्मचारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले करारमा काम गर्ने २८ जना विभिन्न पदका कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ ।

करारमा काम गर्न इच्छुकले आजको मितिबाट (असोज १८) कात्तिक २ गतेसम्म अनलाइन मार्फत आवदेन दिन सक्नेछन् । रक्षक ४ जना, सिपाही ६ जना, सिपाही महिला ३ जना, पिपा ७ जना, सवारी चालक ६ र खरिद अधिकृत २ जना माग गरिएको छ ।

८ कक्षा पास गरेका र एसइइ गरेका सम्मले यी पदका लागि आवेदन दिन योग्य हुनेछन् । दरखास्त दिने उम्मेदवारको उमेर ४५ वर्ष ननाघेको हुनुपर्नेछ । खरिद अधिकृतको हकमा आवेदन दस्तुर एक हजार र अनयको हकमा ८ सय रुपैयाँ तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर