नेपाली बजारमा कति छन् चलनचल्तीका नोट ? – Nepal Press

नेपाली बजारमा कति छन् चलनचल्तीका नोट ?

काठमाडौं । पैसा सबैका लागि अनिवार्य साधन हो । व्यापार व्यवसाय देखि हरेक मानिसको जीविकोपार्जन समेतमा जोडिएको पैसा अहिले बजारमा कति होला ?

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकले नेपाली बजारमा अहिले ६ खर्ब ६५ अर्ब ३३ करोड ९ लाख ९५ हजार रुपैयाँ चलनचल्तीमा रहेको देखाएको छ । यो भनेको अहिले चलन चल्तीमा रहेका कागजी नोट हो ।

पछिल्लो समय नगदरहित कारोबार बढी रहेको छ । तैपनि बजारमा साढे ६ खर्ब बढी कागजी नोट छन् । यो भदौ मसान्तसम्मको तथ्यांक हो । केन्द्रीय बैंकले आवश्यकता अनुसार नोट निष्कासन गर्ने गरेको छ । तर अनलाइन भुक्तानीलाई केन्द्रीय बैंकले पनि पछिल्लो समय जोड दिँदै आएको छ ।

असार मसान्तसम्म ६ खर्ब ८० अर्ब रुपैयाँ भन्दा बढी चलनचल्तीमा थियो ।

यस्तै बैंक तथा वित्तीय संस्थाको केन्द्रीय बैंकमा ३ खर्ब बढी स्थानीय मुद्राको निक्षेप छ भने विदेशी मुद्रा ७ अर्ब ९२ करोड ९७ लाख रुपैयाँ रहेको छ ।

२ खर्ब ३० अर्ब ३८ करोड रुपैयाँ सरकारको निक्षेप केन्द्रीय बैंकमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर