सेक्युर्ड सेक्युरिटिजले आइतबारबाट नयाँ टीएमएस सञ्चालनमा ल्याउने – Nepal Press

सेक्युर्ड सेक्युरिटिजले आइतबारबाट नयाँ टीएमएस सञ्चालनमा ल्याउने

काठमाडौ । सेक्युर्ड सेक्युरिटिज लिमिटेड (ब्रोकर नंम्बर ३६) ले असोज २० आइतबारदेखि नयाँ टीएमएस सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै यस ब्रोकरबाट कारोबार गरी रहेका लगानीकर्तालाई नयाँ टीएमएसबाट कारोबार गर्न आग्रह गरेको छ ।

कम्पनीले आइतबारबाट हाल सञ्चालनमा रहेको टीएमएस बन्द हुने जनाएको छ । लगानीकर्ताले आधिकारिक इमेलमा नयाँ टीएमएसको युजरआइ र पासवर्ड प्राप्त गर्नेछन् । नयाँ टीएमएस सम्बन्धी तालिम लिन इच्छुक लगानीकर्ताले यस ब्रोकर कार्यलयमा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ ।

नयाँ टीएमएसमा मल्टी एसेट, मल्टी एक्सचेञ्ज ट्रेड्रिङ प्लेटफर्म रहेको जानकारी दिइएको छ । यसमा शेयर, डिबेन्चर, बन्ड, डेरिभेटिभ्स, करेन्सीलगायत विभिन्न उपकरणहरुको कारोबार एक वा एक भन्दा बढी स्टक वा डेरिभेटिभ्स एक्सचेन्जमा एकैसाथ गर्न सकिने छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *