१०७ किलो गाँजासहित मकवानपुरबाट एकजना पक्राउ – Nepal Press

१०७ किलो गाँजासहित मकवानपुरबाट एकजना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले १०७ किलो लागू औषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत हेटौँडा–१९, नेवारपानी चेकपोष्टबाट प्रहरीले १०७ किलो लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा थाहा नगरपालिका–२, पालुङका २४ वर्षीय सुजन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले मनहरीबाट हेटौँडातर्फ जाँदै गरेको बा १२ च २८८५ नम्बरको बोलेरोलाई सुरक्षा जाँच गर्दा लागूऔषध गाँजा बरामद गरेको हो । प्रहरीले तामाङको शरीर तथा बोलेरो गाडीको ढाला भित्र लुकाई छिपाई ल्याइएको अवस्थामा गाँजा फेला परेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर