विपद्‌बाट बढी प्रभावित २० जिल्लाका ७१ पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस (भिडिओ) – Nepal Press

विपद्‌बाट बढी प्रभावित २० जिल्लाका ७१ पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस (भिडिओ)

काठमाडौं । बाढी, पहिरो र डुबानबाट बढी प्रभावित २० जिल्लाका  ७१ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको शुक्रबार बसेको बैठकले २० जिल्लाका ७१ स्थानीय तहलाई विपद् संकटग्रस्त घोषणा गर्न सरकारलाई सिफारिस गरेको हो ।

गृहमन्त्री रमेश लेखक नेतृत्वमा बसेको समितिको बैठकले काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुपाल्चोक, धादिंग, रौतहट, ललिपतुर, सिन्धुलीका, मकवानपुर, दोलखा, चितवन, ओखलढुंगा, पाँचथर, सोलुखुम्बु, खोटांग, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी र उदयपुरका ७१ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरेको  विपद् जाेखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव बसन्त अधिकारीले नेपाल प्रेसलाइ जानकारी दिए ।

उनका अनुसार ती स्थानीय तहलाई ३ महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरिएको हो । प्राधिकरणका अनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकले कार्यकारी समितिको सिफारिसअनुसार प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *