खेलाडी श्रीलंका पुगे, लगेज काठमाडौंमै छुट्यो  – Nepal Press

खेलाडी श्रीलंका पुगे, लगेज काठमाडौंमै छुट्यो 

पोखरा । नेपाली यू–२० पुरुष भलिबल टोली यतिबेला श्रीलंकाको कोलम्बोमा छ । काभा यू–२० पुरुष भलिबल प्रतियोगितामा सहभागी हुन नेपाली टोली बिहीबार कोलम्बो प्रस्थान गरेको हो ।

श्रीलंकामा हुने काभा यू–२० पुरुष भलिबल आइतबारदेखि सुरु हुँदैछ । नेपालले पहिलो खेल आइतबार नै आयोजक श्रीलंकासँग खेल्ने तालिका छ ।

प्रतियोगितामा सहभागी हुन श्रीलंकाली एयरलाइन्समार्फत प्रस्थान गरेको टोली त श्रीलंका पुग्यो । तर, उनीहरुको लगेज भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै छुट्न पुग्यो ।

उनीहरुको फ्लाइट बिहीबार दिउँसो १ः२० का लागि थियो ।

तर, साँझ ६ बजेपछि मात्रै उडान भएको थियो । ढिलै भएपनि उनीहरुको उडान भएपनि उनीहरुको लगेज भने उड्न सकेन । ९ बजे श्रीलंका पुगेको टोलीले त्यहाँ पुगेपछि मात्रै थाहा भयो, लगेज विमानस्थलमा छुटेको भनेर ।

त्यसपछि उनीहरुले विमानस्थलमा कुरा पनि गरे । तर, लगेज आएन । एक दिन बितिसक्दा पनि लगेज खेलाडीले पाउन सकेका छैनन् ।

‘दिउँसो फ्लाइट हुन्छ भनेको साँझ ६ बजेपछि फ्लाइट भयो । त्यसपछि यहाँ आएर हेर्दा लगेज उतै छुटेछ । त्यो एयरलाइन्सले कसैकाे लगेज ल्याएको रहेनछ,’ टोलीमा सहभागी एक अधिकृतले भने ।

खेलाडीको लागि आवश्यक सामान भएको लगेज छुट्दा उनीहरुले अभ्याससमेत गर्न पाएका छैनन् । ‘आइतबार त हाम्रो खेल नै छ । अहिलेसम्म लगेज आएको छैन । अध्यक्षज्यूले (भलिबल संघ) दिल्ली हुँदै पठाएको जानकारी गराउनुभएको छ । हेरौं अब कतिबेला आइपुग्छ,’ ती अधिकृतले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *