जाउलाखेलस्थित थकाली किचनलाई २ लाखसहित ९ वटा फर्मलाई जरिवाना – Nepal Press

जाउलाखेलस्थित थकाली किचनलाई २ लाखसहित ९ वटा फर्मलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरको जाउलाखेस्थित थसाङ थकाली किचनलाई २ लाखसहित विभिन्न ९ वटा फर्मलाई २ दिनको अवधिमा ऐन कानून पालना नगरेको भन्दै एकै दिन ७ लाख ५ हजार जरिवाना गरेको छ ।

मूल्य सूची र दर्ता प्रमाण पत्र नराखेको, रिलेवलिङ गरेको वा गुणस्तर परिमाण, मूल्य, नापतौलमा हेरफेर गरेको आरोपमा विभागले थकाली किचनसहित ९ वटा फर्मलाई बिहीबार र शुक्रबार गरेर दुई दिनको अवधिमा ७ लाख ५ हजार जरिवाना गरेको हो ।

यस्तै विभागले टोलीले बिहीबार त्रिभुवन बिमानस्थलमा रहेको एयरपोर्ट सेकुवाघर एण्ड रेष्टुरा र रिगल एयरपोर्ट होटल प्रालीलाई रिलेवलिङ गरेको वा गुणस्तर परिमाण, मूल्य, नापतौलमा हेरफेर गरेको भन्दै २–२ जरिवाना गरेको छ । बिहीबार नै नयाँ बानेश्वरमा रहेको खड्का एण्ड स्टोरलाई खरिद बिल बिजक नराखको भन्दै १० हजार जरिवाना गरेको छ ।

विभागले शुक्रबार ललितपुरको लबिम मलमा रहेको फ्युचर ब्राण्डलाई मूल्य सूची तथा दर्ता प्रमाणपत्र नराखेको भन्दै ५० हजार रुपैयाँ जरिवाना गरिएको छ भने न्यूरोडमा रहेको गोदाबरी बडिखेल स्टोरलाई खरिद बिल बिजक नराखेको भन्दै २० हजार जरिवाना गरिएको छ ।

त्यस्तै, विभागले मिनभवनमा रहेको पिएल क्लोथ स्टोर र सुमनको कपडा पसललाई खरिद बिल बिजक नराखेको भन्दै १०–१० हजार जरिवाना गरेको छ । विभागका अनुसार शुक्रबार नै मध्ये बानेश्वरमा रहेको राजु फ्रेस मिट सपलाई ५ हजार जरिवाना गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *