उपाध्यक्ष घिमिरेको जोड- कृषि उत्पादन बढाएर आयात प्रतिस्थापन गर्नुपर्छ – Nepal Press

उपाध्यक्ष घिमिरेको जोड- कृषि उत्पादन बढाएर आयात प्रतिस्थापन गर्नुपर्छ

सुनसरी । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले कृषि उत्पादन बढाउने र आयात प्रतिस्थापन गर्नुपर्ने कुरामा जोड दिनुपर्ने बताएकी छन्।

सुनसरीको तरहरामा रहेको प्रादेशिक कृषि अनुसन्धान केन्द्रको शुक्रवार र शनिवार अवलोकन गर्दै बढ्दो आयातलाई आयात प्रतिस्थापन गर्नका लागि कृषि उत्पादन बढाउनुपर्नेमा जोड दिएकी हुन्।

नेपालमा कृषि उत्पादन बढाउन सकिने ठुलो सम्भावना भएपनि आयातमा निर्भर रहनु विडम्बना भएको बताउँदै सबैखाले कृषि उत्पादन बढाउनका लागि योजना र कार्यक्रम तय गरिनुपर्ने बताइन्।

उनले भने, ‘नेपालमा कृषि उत्पादन बढाउने संभावना छ तर उत्पादन वृद्धि र आयात प्रतिस्थापन प्रमुख चुनौतीको रुपमा देखिएको छ। खाद्यान्न, फलफूल, दुध र मासु उत्पादन बढाउन सकेमा वैदेशिक व्यापार घाटा धेरै घटेर जानेछ।’

तीनै तहका सरकारको प्रमुख जोड नै कृषिमा आयात प्रतिस्थापन गर्ने र निर्यात बढाउने बताइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर