दशैंकाे किनमेल- ‘सेल’ मा ग्राहककाे ठेलमठेल, फेन्सीमा ग्राहक नै छैनन् (तस्बिरहरु) – Nepal Press

दशैंकाे किनमेल- ‘सेल’ मा ग्राहककाे ठेलमठेल, फेन्सीमा ग्राहक नै छैनन् (तस्बिरहरु)

काठमाडौं । काठमाडौं उपत्यकाका मुख्य बजारमा दशैंको लागि किनमेल गर्न उपभोक्ताहरु बजारमा निस्कँदा बजार चहलपलह देखिन थालेको छ ।

काठमाडौं उपत्यकाका मुख्य बजार असन,न्युरोड,महाबौद्ध,भोटाहिटी लगायतका बजारमा सामान किनमेल गर्ने ग्राहकहरुको चहलपहल देखिन थालेको छ ।

तर इन्द्रचोकदेखि जमलसम्म गत वर्षको जस्तो किनमेल गर्नेको भीड देखिएको छैन ।  पसलेहरुले पनि गत वर्ष जस्तो माहोल नभएको बताएका छन् ।उपभोक्ताहरुले हरेक सामान विगतको तुलनामा महँगो रहेको गुनासो गरेका छन् ।

विभिन्न ‘सेल’ लागेको पसहरुहरुमा ग्राहकको ठेलमठेल छ भने फेन्सी पसलहरुमा ग्राहक एकदमै कम छन् । एक दुईवटा फेन्सी पसलमाबाहेक प्राय फेन्सी पसलहरुमा ग्राहक नै छैनन् ।

महँगीकै कारण उपभोक्ताहरु ‘सेल’ लागेको पसलहरु खोज्दै सपिङ गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *