प्रचण्ड आज विश्वको रंगमञ्चमा असाधारण राजनीतिक ब्राण्ड बन्नुभएको छ, अब लेनिन बन्ने बाटोमा : सापकोटा (भिडिओ) – Nepal Press

प्रचण्ड आज विश्वको रंगमञ्चमा असाधारण राजनीतिक ब्राण्ड बन्नुभएको छ, अब लेनिन बन्ने बाटोमा : सापकोटा (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले प्रचण्ड आज विश्वको रंगमञ्चमा असाधारण राजनीतिक ब्राण्ड बनेको बताएका छन् ।

पार्टीको दोलखाको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रचण्डको नेतृत्वमा नै समाजवादको लक्ष्यमा पुग्न सक्ने बताए ।

 

उनले थपे, ‘प्रचण्ड आज संयुक्त राष्ट्रसंघको महासचिवदेखि विश्व रंगमञ्चमा असाधारण राजनीतिक ब्राण्ड बन्नुभएको छ, अब लेनिन बन्ने बाटोमा अघि बढ्नुभएको छ । तीन करोड जनताको साथ पायौं भने हामीलाई धर्तीको कुनै तागतले हल्लाउन सक्दैन । सारा तागत लगाएर प्रचण्डको नेतृत्वमा दृढतापूर्वक गोलबद्ध हौं ।’

उपाध्यक्ष सापकोटाले पार्टीका नेता कार्यकर्तालाई मंसिरमा हुने उपनिर्वाचनको तयारीमा लाग्न निर्देशन पनि दिए ।

उनले भने, ‘हामी अहिले जनतामा गइरहेका छौं । जनताले धेरै कुरा बुझेका छन् । हामी हिजो बराल्लिएकै हौं, अलमलिएकै हौं, तर अब हामी जनताको समस्यामा एकाकार हुन्छौं । हाम्रो वर्गलाई साथमा लिएर अघि बढ्यौं भने हामी सफल हुन्छौं ।’

नेता सापकोटाले पार्टीभित्र कुनै समस्या नभएको भन्दै आफूभित्र एकताबद्ध भएर अघि बढेको बताए ।


प्रतिक्रिया

2 thoughts on “प्रचण्ड आज विश्वको रंगमञ्चमा असाधारण राजनीतिक ब्राण्ड बन्नुभएको छ, अब लेनिन बन्ने बाटोमा : सापकोटा (भिडिओ)

  1. हैन फुर्सदमा छविलाल कम्पनी गाँजा खान लाग्यो क्या हो

  2. सत्ता गुमेपछि मानसिक सन्तुलन पनि गुमे जस्तो छ माओवादीको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *