बालुवाटारबाट बाहिरिएपछि अहिले जनताको प्रधानमन्त्री हुन थालेको महसुस भएको छ: प्रचण्ड (भिडिओ) – Nepal Press

बालुवाटारबाट बाहिरिएपछि अहिले जनताको प्रधानमन्त्री हुन थालेको महसुस भएको छ: प्रचण्ड (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री हुँदाभन्दा अहिले आफू धेरै सक्रिय भएको बताएका छन् ।

पार्टीको दोलखाको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री बनेपछि भन्दा अहिले आफ्नो सक्रियता बढेको बताए ।

उनले भने, ‘देश र जनताको नेतृत्व गर्नु प्रधानमन्त्री हुनुमात्रै होइन । म अहिले प्रधानमन्त्रीबाट बाहिर आउँदा धेरै उत्साहित भएको छु । जोश बढेको छ । म जनताको बीचमा फर्किन पाएको छु । बालुवाटारमा हुँदा कताकता सरकारी काम, कर्मचारीतन्त्र र अनेक नियम-कानूनले जोडिन नपाएको अहिले प्रधानमन्त्रीबाट बाहिर आउँदा म जनताको प्रधानमन्त्री हुन थालेको जस्तो महसुश हुन थालेको छ ।’

उनले जनताको सेवामा नभई अर्को उद्देश्यले सरकार बनेको भएकाले अहिले देशमा बाढी पहिरोको विपद् हुँदा पनि आफूले अग्रसरता देखाउन परेको बताए ।


प्रतिक्रिया

One thought on “बालुवाटारबाट बाहिरिएपछि अहिले जनताको प्रधानमन्त्री हुन थालेको महसुस भएको छ: प्रचण्ड (भिडिओ)

  1. यसका यस्ता नौटंकी कुरा हजारौं पटक सुनेर कान नै फुटलाजस्तो भैसक्यो । सत्ता पाएको भोलिपल्ट यसका जनतासँगको सम्बन्ध नामको झुट माटोमा बिलाईहाल्छ । यो मान्छे र माओवादी पार्टी नेपालमा अस्थिरता सिर्जना गर्न भारतले खडा गरेका उसैका आदेशपालक हुन् ।ढिलो चाँडो जनताले थाहा पाउँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *