माओवादी सकियो भन्नेहरूको अहिले सात्तो गएको छ, आगामी निर्वाचनमा एक्लै लड्छौं: प्रचण्ड (भिडिओ) – Nepal Press

माओवादी सकियो भन्नेहरूको अहिले सात्तो गएको छ, आगामी निर्वाचनमा एक्लै लड्छौं: प्रचण्ड (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा हुने उपनिर्वाचनमा मात्रै नभई २०८४ को निर्वाचनमा पनि माओवादीले एक्लै चुनाव लड्ने बताएका छन् ।

पार्टीको दोलखाको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कहिले कांग्रेस र कहिले एमालेसँग मिल्दा माओवादीको पहिचान हराउने आशंका बढेपछि आफ्नै खुट्टामा उभिएर चुनाव लड्ने बताए ।

अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा पनि एक्लै चुनाव लडेर माओवादीलाई फेरि आफ्नै पहिचानसहित स्थापित गर्ने संकल्प लिन लागेको बताए ।

उनले भने, ‘प्रतिक्रियावादीहरुले सोचे अहिले माओवादीको संख्या घटेको छ, सरकारबाट पनि बाहिर गएपछि माओवादी धेरै कमजोर होला भन्ने सोचेका थिए । अहिले तिनीहरुको सात्तो गएको छ माओवादी देशैभरि जाग्न थाल्यो भनेर । यहाँ भएका सामाजिक संघसंस्थाको निर्वाचनमा कांग्रेस-एमाले मिल्दा पनि माओवादी एक्लैले हराएको छ ।’

उनले नेता कार्यकर्तालाई आगामी उपनिर्वाचनलाई मेहनत गरेर देशभर सन्देश दिन आग्रह गरे ।


प्रतिक्रिया

One thought on “माओवादी सकियो भन्नेहरूको अहिले सात्तो गएको छ, आगामी निर्वाचनमा एक्लै लड्छौं: प्रचण्ड (भिडिओ)

  1. नौटंकीले के बुझौं भने सत्तामा जान नपाए खान पाईन्छ भनेर पछि लागेका माओवादी सबैले छोडने डर भएर रूँदै हिडेको देखियो । अब दिन गए तिम्रा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *