विनाअक्सिजन १४ हिमाल चढेर निर्मल पुर्जा र मिङ्माले बनाए नयाँ कीर्तिमान – Nepal Press

विनाअक्सिजन १४ हिमाल चढेर निर्मल पुर्जा र मिङ्माले बनाए नयाँ कीर्तिमान

काठमाडौं । कीर्तिमानी आरोही निर्मल पुर्जा र मिङ्मा जी शेर्पाले विनाअक्सिजन विश्वका १४ वटा हिमाल आरोहण गरेर नयाँ कीर्तिमान बनाएका छन् ।

दुवै आरोहीले तिब्बती समयअनुसार शुक्रबार अपरान्ह ८ हजार २७ मिटर अग्लो शिशापाङ्ग्मा हिमालको अक्सिजनको सहायताविना नै सफल आरोहणपछि १४औं आरोहणको कीर्तिमान बनेको हो ।

आरोहण सफलतापछि नेपाल प्रेससँग टेलिफोन सम्पर्कमा आएका पुर्जाले विनाअक्सिजन १४ वटा हिमालको आरोहण गरेर आफूहरु दुई भाइले पहिलो नेपाली रेकर्ड कायम गरेको बताए ।

उनले विश्वलाई आफूहरुले एकता र स्वस्थ प्रतिस्पर्धाको शक्ति देखाएको बताए ।

उनीहरुले ८ हजार मिटरभन्दा अग्ला १३ वटा हिमालको यसअघि नै विनाअक्सिजन आरोहण गरिसकेका थिए । शिशापाङ्मा १४औं हिमाल हो । पुर्जाले यसअघि नै संसारका ८ हजार मिटरभन्दा अग्ला हिमालको ४९ पटक आरोहण गरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *