दसैं र तिहारपछि अहिलेको व्यवस्था र सरकार दुवै फाल्नुपर्छ: ज्ञानेन्द्र शाही
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले दसैं र तिहारलगत्तै अहिलेको व्यवस्था र सरकार दुवै फाल्नुपर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकार र सत्ता पक्षका नेताहरू जनताको घरदैलोमा जानसमेत डराउन थालिसकेको बताए ।
उनले भने, ‘देशको प्रधानमन्त्री अमेरिकामा जााँदा कार्यक्रम स्थगन गर्ने, वास्तवमा यिनीहरूको पालो अब भाग्ने नै हो । यो सरकारको अब दिनगन्ती सुरू भइसक्यो । गतिलो काम गरेको भए यसरी भाग्नुपर्दैन थियो । अहिलेको राज्य संयन्त्र फेल भइसक्यो । देशमा गृहमन्त्रीको आदेश कसैले मान्दैन । त्यसैले अब जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीमा जाऔं । यही व्यवस्था रह्यो भने भोलि म नै प्रधानमन्त्री भएँ पनि केही गर्न सक्दिनँ ।’
नागरिक विपत्तिमा परेर सयौंको संख्यामा ज्यान गुमाउँदा पनि सरकारको उपस्थिति नदेखिएकाले यो असफल भइसकेको उनले दाबी गरे ।
ज्ञानेन्द्रले लुटेर ल्याईदेलान । अनि एक भाग खाउँला भनेर होईन आन्दोलन ? तिमीहरूजस्ता प्रमाणित लुटेराहरूलाई जनताले साथ दिनेवाला छैनन् ।
@ ksp pyl Learn lesson from him and try to be like him. If you can learn even 0.5% of his deed and commitment, you can consider yourself a learned person. But, by the your writing reflect, you are as dumb as the communits of Nepal. Arn’t you?