रिजन प्रजु पोखरा एभेन्जर्सको सहायक प्रशिक्षक नियुक्त – Nepal Press

रिजन प्रजु पोखरा एभेन्जर्सको सहायक प्रशिक्षक नियुक्त

पोखरा । नेपाल प्रिमियर लिग (एनपिएल) टोली पोखरा एभेन्जर्सले रिजन प्रजुलाई सहायक प्रशिक्षक नियुक्त गरेको छ ।

एभेन्जर्सले सामाजिक सञ्जालमार्फत रिजन सहायक प्रशिक्षक नियुक्त गरेको जनाएको हो।

गण्डकी प्रदेशमा मुख्य प्रशिक्षकसमेत रहेका रिजनले राष्ट्रिय महिला टोलीको सहायक प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् ।

उनले आईसीसी लेभल-२ कोर्स पनि गरेका छन् । सहायक प्रशिक्षक नियुक्त भएसँगै रिजनले टोलीको सफलता र वृद्धिमा योगदान गर्न पाउँदा उत्साहित भएको बताए ।

‘मलाई सहायक प्रशिक्षकको रूपमा सेवा गर्ने अवसर दिनुभएकोमा म पोखरा एभेन्जर्सप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। म टोलीको सफलता र वृद्धिमा योगदान गर्न पाउँदा उत्साहित छु,’ उनले भने ।

आउँदो मंसिर १५ देखि पुस ६ गतेसम्म हुने एनपिएलका लागि पोखरा एभेन्जर्स नेपाल टी-ट्वान्टी क्रिकेट प्राइभेट लिमिटेडको स्वामित्वमा रहेको छ ।

एभेन्जर्सको मार्की खेलाडीको रूपमा कुशल भुर्तेल छन् । ८ फ्रेन्चाइज टोली सहभागी एनपिएलको अक्सन आज काठमाडौंमा हुनेछ । अक्सनमा १४२ खेलाडी सहभागी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *