ला लिगा : रियल मड्रिडको जित – Nepal Press

ला लिगा : रियल मड्रिडको जित

हेटौँडा । स्पेनिस ला लिगा अन्तरगत शनिबार राती भएको खेलमा भिल्लारियल विरुद्द रियल मड्रिडले जित दर्ता गरेको छ ।

छिमेकी क्लबलाई हराउने क्रममा रियलले २-० ले खेल आफ्नो पक्षमा पारेको थियो । भाल्डेडले खेलको १४ औँ मिनेटमा रियललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० ले अघि रहेको रियलले थप गोल भने खेलको दोस्रो हाफमा गरेको थियो ।

दोस्रो हाफको ७३ औँ मिनेटमा भिनियस जुनियरले गोल गर्दै रियललाई २-० को जित दिलाए ।

जित पछि रियल ९ खेलबाट २१ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । पराजित भिल्लारियल समान खेलबाट १७ अंक सहित तेस्रो स्थानमा छ ।

गएरातीनै भएको अर्को खेलमा सेल्टाभिगाले लस पाल्मसलाई १-० गोलले पराजित गरेको थियो भने स्पानीयलले मालोर्कालाई २-१ ले पराजित गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *