बुटवलको मुख्यबजारमा लेदोसहितको बाढीले ढल निकासमा चुनौती – Nepal Press

बुटवलको मुख्यबजारमा लेदोसहितको बाढीले ढल निकासमा चुनौती

रुपन्देही । नाली समस्याका कारण पटक पटक डुबानमा पर्दै आएको बुटवलको मुख्य बजार रहेको अमरपथमा गएराति परेको पानीपछि आएको लेदोसहितको भल पसेको छ ।

बडादशैंको मुखमा मुख्य बजार क्षेत्र अमरपथमा लेदोसहितको भल पसेपछि व्यवसायीहरू निराश भएका छन् । लेदोसहितको भलले केही पसलमा क्षति पुराएको छ ।

अहिले सो क्षेत्रमा सफाइको काम भइरहेको छ । पानीको सहज निकास नहुँदा यसअघि पनि अमरपथमा लेदोसहितको भल पसेर यसै गरी डुबानमा परिरहेको छ ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्यालले निकासलाई व्यवस्थापन गर्न नसक्दासम्म यस्तो क्षति भइरहने बताउँदै स्थानीय सरकारले पहिले नालीको व्यवस्थापन गर्नुपर्ने बताए ।

‘यो व्यवसायीले भोग्नुपरेको पीडा कसलाई कसरी सुनाउने ? निकास बन्द गरेर सडक चिल्लो पारेर हुँदैन, प्राकृतिक बहाव क्षेत्रलाई मिचेर संरचना बनाएका कारण यस्तो भएको हो, यसको दीर्घकालीन समाधान खोज्नुपर्छ’ उनले भने ।

अहिलेको मन्दीको समयमा भएको यस्तो क्षतिले व्यवसायीलाई निराश बनाएको उनको भनाइ छ ।

यो क्षेत्रमा यो वर्ष नै धेरैपटक यसै गरी लेदोसहितको बाढी पसेर क्षति पुराएको छ ।

अर्थ विश्लेषक हुमराज भुसालका अनुसार बुटवलको चहलपहल र नयाँ लगानीकर्ता अन्यत्र सर्नुको पछिल्लो कारण यो पनि रहेको बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *