प्रान्तीय चुनावमा भाजपालाई धक्का, हरियाणामा कांग्रेसको कमब्याक हुने एक्जिट पोलको नतिजा – Nepal Press

प्रान्तीय चुनावमा भाजपालाई धक्का, हरियाणामा कांग्रेसको कमब्याक हुने एक्जिट पोलको नतिजा

जम्मु कश्मिरमा पनि कांग्रेस र नेशनल कन्फरेन्स गठबन्धन अगाडि

काठमाडौं । भारतमा आम निर्वाचनबाट तेस्रो पटक नरेन्द्र मोदी नेतृत्वको गठबन्धन सरकार बनेपछि भएको प्रान्तीय निर्वाचनमा सत्तारुढ भाजपालाई धक्का लागेको छ ।

हरियाणा राज्यमा शनिवार सम्पन्न भएको मतदानपछि जारी भएका एक्जिट पोलमा १० वर्षदेखि सरकार चलाइरहेको भाजपा पराजित हुने आँकडा सार्वजनिक भएका छन् ।

९० सीटको विधान सभामा विपक्षी कांग्रेस पार्टीले स्पष्ट बहुमत ल्याउने एक्जिट पोल सार्वजनिक भएका हुन् । हरियाणामा विगत १० वर्षदेखि लगातार बिजेपीले सरकार चलाइरहेको छ । यहाँ बिजेपी यस पटक पराजित हुने सर्वेक्षण सार्वजनिक भएको छ ।

त्यस्तै जम्मु कश्मिरमा भएको निर्वाचनमा कांग्रेससहितको गठबन्धनले बहुमत ल्याउने एक्जिट पोलहरुले जनाएका छन् । गत लोकसभा निर्वाचनमा पनि बिजेपी लगातार दुई पटकको बहुमत जोगाउन असफल भएको थियो ।

४ सय सीट कटाएर दुई तिहाइ बहुमतको लागि निर्वाचनमा गएको भाजपा अन्ततः गठबन्धन सरकार बनाउने ठाउँमा पुगेको थियो । ४८ सीटबाट एक सय सीट कटाउन सफल भएको विपक्षी कांग्रेस पार्टीले प्रादेशिक निर्वाचनमा उत्साहजनक सफलता पाउन थालेको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *