काठमाडौंबाट बाहिरिँदै हुनुहुन्छ, थाहा पाउनुहोस् कुन सडकको अवस्था कस्तो ? – Nepal Press

काठमाडौंबाट बाहिरिँदै हुनुहुन्छ, थाहा पाउनुहोस् कुन सडकको अवस्था कस्तो ?

काठमाडौं । बाढी पहिरोको कारण काठमाडौंबाट गाउँ जाने बाटो प्रायः पूर्ण रूपमा अवरोध रहेको छ । भने, ५ वटा बाटो एक तर्फी चलिरहेको छ ।

उपत्यकामा नै बाटो बन्द एकतर्फी मात्रै सञ्चालन भएको छ । ललितपुरको लेले, टीका भैरव जाने बाटो एकतर्फी मात्रै सञ्चालन भएको छ । मध्य पहाडी लोकमार्गको तेह्रथुममा पहिरो गएका कारण एकतर्फी सञ्चालन भइरहेको छ ।

अरनिको राजमार्ग भने एकतर्फ सञ्चालन भइरहेको छ । पृथ्वीलोक मार्ग एक तर्फ चलिरहेको छ । त्यस्तै, बागमती प्रदेश अन्तगत काठमाडौंबाट हेटौँडा जाने भीमफेदी कुलेखानी फाखेल काठमाडौं, सिस्नेरी दक्षिणकाली, कान्तिलोक पथ र बीपी राजमार्ग पूर्ण रूपमा बन्द रहेको छ ।

बाह्रबिसे तातोपानी सडक, रामेछाप र सिन्धुली, मध्यपहाडी लोक मार्ग गोलान्जोर गापा ६ अक्करेभिरमा पहिरोको कारण बन्द रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका सडकहरूमा केही समस्या छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *