कोशीका १९ वटा सडक र १२ वटा पुल संकटग्रस्त योजना घोषणा – Nepal Press

कोशीका १९ वटा सडक र १२ वटा पुल संकटग्रस्त योजना घोषणा

विराटनगर । कोशी प्रदेश सरकारले निर्माण थालेका १९ वटा सडक र १२ वटा पुल अलपत्र परेका छन् । समय सीमा गुज्रिँदासम्म पनि ती योजनाको प्रगति भएको छैन । भौतिक प्रगति हुन नसकेपछि प्रदेश सरकारले ती योजनाहरूलाई सङ्कटग्रस्त योजनाको रूपमा घोषणा गरेको हो ।

कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले समय सीमा गुज्रिसकेर पनि निर्माण सम्पन्न हुन नसकेका १९ वटा सडक र १२ वटा पुललाई सङ्कटग्रस्त योजनाको रूपमा घोषणा गरिएको बताए ।

प्रदेश सरकारले सङ्कटग्रस्त योजना घोषणा गरी काम सुरु गर्नेका लागि योजना समेत बनाएको बताए ।

उनले भने,‘सङ्कटग्रस्त योजना घोषणा गरी यही महिनादेखि निर्माण स्थलमै गएर छलफल थालिने छ । योजना स्थलमा जाने,निर्माण व्यवसायीलाई पनि लैजाने र जनतालाई पनि भेला पारेर छलफल गर्ने तयारी भएको छ ।’

संकटग्रस्त योजना घोषितमा मोरङमा चार वटा, सुनसरीमा ३ वटा, झापा उदयपुर, ओखलढुङ्गा र इलाममा दुई-दुई वटा छन् । यस्तै सोलुखुम्बु र संखुवासभाका एक-एक सडक आयोजना अवधि सकिएर पनि अलपत्र रहेको मन्त्री राईले बताए ।

सङ्खुवासभाका ३ वटा भोजपुरका दुई वटा पुल समय अवधि सकिएर पनि निर्माण सम्पन्न हुन सकेका छैनन् । मन्त्रालयका अनुसार तेह्रथुम, इलाम, धनकुटा, भोजपुर, सुनसरी, उदयपुर र सोलुखुम्बुमा निर्माणाधीन पुल पनि अलपत्र छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर