भाेलि विश्व बसाेबास दिवस मनाइँदै – Nepal Press

भाेलि विश्व बसाेबास दिवस मनाइँदै

काठमाडौं । सरकारले भोलि (सोमबार) विश्व बसोबास दिवस मनाउने भएको छ । शहरी विकास मन्त्रालयले ‘ कर्मशील युवाः समुन्नत शहर’ नारासहित भोलि विश्व बसोबास दिवस मनाउन लागेको हो ।

शहरी विकास तथा भवन निर्माण विभागले आइतबार  पत्रकार सम्मेलन गर्दै  भेालि विश्व बसोबास दिवस मनाउने जानकारी दिएको छ ।

संयुक्त राष्ट्रसंघीय मानव बसोवास कार्यक्रम (युएन् ह्याबिट्याट) ले सबैका लागि उपयुक्त आवास सुनिश्चित गरी दिगो शहरी विकास प्रर्बधन गर्ने मूल उद्धेश्य प्राप्त गर्न विश्वको ध्यानाकर्षण गर्ने हेतुले सन् १९८६ देखि हरेक वर्ष अक्टोबर महिनाको पहिलो सोमबारका दिन विश्व बसोबास दिवस मनाउँदै आइरहेको छ ।

यसै अनुरुप नेपालले पनि सन् २००१ देखि सरकारी निकाय, संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रमको नेपाल स्थित कार्यालय र विभिन्न गैरसरकारी संग संस्थाहरुसंगको सहकार्यमा उक्त दिवस मनाउँदै आइरहेको छ ।

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषले प्रकाशित गरेको विवरण अनुसार हाल नेपालमाा १६ देखि ४० उमेर समूहका युवाहरुकौ संख्या एक करोड २४ लाख रहेको छ ।

युवा जनसंख्याको ठूलो गतिशिल र शक्तिशाली हिस्सालाई उचित शिक्षा रोजगारमुलक सीप उचित रोजगारका अवसरहरु उपलब्ध गराई रोजगारका लागि विदेश पलायन हुनबाट रोक्न उनीहरुको सृजनात्मक शक्तिलाई बृहत्तर हितसँगै समग्र शहरी विकासमा समाहित गर्न आवश्यक रहेको विभागका सहसचिव ई दिलीप भण्डारीले बताए ।

पर्याप्त अवसरहरुको अभाव र अर्कोतिर उच्च पलायनदर रोक्न ह स्थानीय शहरी योजना र कार्यानीतिहरु युवामैत्री हुन अपरिहार्य रहेको भन्दै यसका लागि आवश्यक सहकार्य गर्न शहरी विकास मन्त्रालय सधै तत्पर रहेको उनले बताए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *