साढे २ वर्षपछि गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न गठित जाँचबुझ समिति रद्द – Nepal Press

साढे २ वर्षपछि गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न गठित जाँचबुझ समिति रद्द

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न गठन गरेको जाँचबुझ समिति साढे २ वर्षपछि रद्द गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको यसअघिको सरकारले नियुक्त गरेका अधिकारीलाई देउवा नेतृत्वको सरकारले गभर्नर पदबाट हटाउन छानबिन समिति गठन गरेको थियो ।

छानबिन समिति गठन भएसँगै निलम्बनमा परे पनि अधिकारीले सर्वोच्च अदालत गुहारेका थिए । सर्वोच्चले उनीमाथिको छानबिन प्रक्रिया रोक्न आदेश दिएपछि अधिकारीले निरन्तरता पाएका थिए । अधिकारीले निरन्तरता पाए पनि मन्त्रिपरिषद्को निर्णय भने हेरफेर नभएको अवस्थामा अहिले प्रधामन्त्री ओली नेतृत्वको मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले उक्त जाँचबुझ समिति रद्द गरेको हो ।

गभर्नर अधिकारीमाथि जाँचबुझ गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा तीन सदस्य समिति गठन भएको थियो । समिति सदस्यमा डा. सूर्य थापा र चन्द्रकान्त पौडेल रहेका थिए । समितिलाई एक महिनाभित्र छानबिन प्रतिवेदन बुझाउन भनिएको थियो ।

देउवा नेतृत्वको मन्त्रिपरिषद् बैठकले २०७८ चैत १४ गते अधिकारीमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *