सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा दुवाडी, यस्ता छन् मन्त्रिपरिषद् बैठकका २१ निर्णय – Nepal Press

सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा दुवाडी, यस्ता छन् मन्त्रिपरिषद् बैठकका २१ निर्णय

काठमाडौं । सरकारले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा प्रा.डा.ठाकुरप्रसाद दुवाडीलाई मनोनीत गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा दुवाडीलाई अध्यक्ष मनोनीत गर्ने निर्णय गरेको हो ।

बैठकले वैदेशिक रोजगार न्यायाधीकरणको अध्यक्षमा उच्च अदालत दिपायलका न्यायाधीश गोकर्ण डाँगीलाई तोक्ने, राजस्व न्यायाधीकरण विराटनगरको कानून सदस्य एवम् अध्यक्ष पदमा उच्च अदालत विराटनगरका न्यायाधीश ध्रुवराज नन्द र राजस्व न्यायाधीकरण नेपालगञ्जको कानून सदस्य तथा अध्यक्षमा उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासका न्यायाधीश सुवास पौडेललाई तोक्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले वाणिज्य, आपूर्ति मन्त्रालयअन्तर्गत आर्थिक वर्ष २०८१/०८२ का लागि अधिकृतस्तरका २८ पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर