नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्धारा विपद प्रभावितलाई खाद्यान्न सहयोग – Nepal Press

नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्धारा विपद प्रभावितलाई खाद्यान्न सहयोग

काठमाडौं । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्धारा बाढीपहिरो, प्राकृतिक विपत्तिमा पर्न गएका व्यक्ति तथा परिवारजनको लागि खाद्यान्न सामग्रीहरु सहयोग गरेको छ ।

संघले ३६० बोरा चामल, १०० बोरा चिउरा, ४० ब्याग मसुर दाल र २० कार्टुन तोरीको तेल सहयोग स्वरुप उपलव्ध गराएको संघले जनाएको छ ।

उक्त सहयोग सामग्रीहरु उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई संघका अध्यक्ष विकास दुगड तथा प्रतिनिधीमण्डलले मन्त्रालयमा हस्तान्तरण गरेका थिए ।

उक्त सहयोगले प्राकृतिक विपत्तिमा पर्न गएका व्यक्ति तथा परिवारजनमा केही भएपनि राहत प्राप्त हुने विश्वास यस संघले लिएको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर