सुनकोशीले भत्काएको बेलि ब्रिज जडान हुँदै, विश्वमै कसरी सुरु भएको थियो ? – Nepal Press

सुनकोशीले भत्काएको बेलि ब्रिज जडान हुँदै, विश्वमै कसरी सुरु भएको थियो ?

काठमाडौं । हालसालै गएको बाढिमा परेर भत्किएको बेलि ब्रिजमा नेपाली सेना सक्रिय भएको छ । बीपी राजमार्ग र पुस्पलाल राजमार्ग जोड्ने बेली ब्रिज बनाउन नेपाली सेना खटिएको छ ।

नेपाली सेनाले सार्वजनिक सूचनामा भनेको छ, ‘सिन्धुली र रामेछाप जिल्ला जोड्ने बीपी राजमार्ग र पुष्पलाल राजमार्गको सुनकोशी नदीमाथि नेपाली सेनाको टोलीद्वारा वेली बृज जडान कार्य सुरु ।’

रोचक कुरा यो छ कि बेलि ब्रिजको कथा आफैंमा सेनाबाट सुरु भएको थियो । कथा दोस्रो विश्व युद्धबाट सुरु हुन्छ ।

दोस्रो विश्व युद्धका क्रममा मानवीय जनशक्तिले बनाउन र भत्काउन सक्ने भनेर बेलायती सेनाले यो प्रविधिको विकास गरेको हो । सुरक्षाको कोणमा बेलि ब्रिज धेरै सहयोगी हुने बताइन्छ । ग्लोबल सेक्युरिटी संस्थाको जानकारी अनुसार बेलि ब्रिजका फाइदा यस्ता छन्ः

– यो निर्माण गर्न सहज हुन्छ । हरेक भागहरु मेसिनले बनाइएका भएकोले जडान गर्ने मात्रै हो ।

– ब्रिजका पाटपुर्जालाई ओसार्न सकिन्छ । अन्त लगेर बनाउन सकिन्छ । पाँच टनको पुल भएकोले सहज हुन्छ ।

– यो विभिन्न आकारप्रकारमा आवस्यकता अनुसार बनाउन पनि सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *