अक्सनबाट बिक्री भए ८० खेलाडी, काे कुन टीममा ? – Nepal Press

अक्सनबाट बिक्री भए ८० खेलाडी, काे कुन टीममा ?

पोखरा । नेपाल प्रिमियर लिग (एनपिएल) को अक्सनबाट ८० खेलाडी बिक्री भएका छन् । आउँदो मंसिर १५ देखि पुस ६ गतेसम्म हुने एनपिएलका लागि ८ फेन्चाइच टीमले ८० खेलाडी किनेका हुन् ।

अक्सनबाट प्रत्येक टीमले १० खेलाडी खरिद गरेका छन् । ग्रेड ‘ए’ र ‘सी’ का समान ३ र ग्रेड ‘बी’ का ४ खेलाडी खरिद गरेका हुन् । खेलाडी खरिदमा सबैभन्दा धेरै लुम्बिनीले ८४ लाख ७५ हजार र सबैभन्दा कम चितवनले ६३ हजार खर्च गरेका छन् ।

पहिलो चरणमा विक्रि नभएका खेलाडीलाई दोस्रो चरणमा सहभागी बनाइएको थियो । पहिलो चरणमा विक्रि नभएको विनोद भण्डारी, शरद भेषवाकर, रसिद खान, कमलसिंह ऐरी जस्ता खेलाडी दोस्रो चरणबाट विक्रि भएका थिए । एनपिएलका लागि प्रत्येक टोलीले ४ विदेशी र एक खेलाडी ट्यालेन्ट हन्टमार्फत भित्राउनेछन् ।

कर्णाली याक्स

ग्रेड ‘ए’
नन्दन यादव, देव खनाल र गुल्सन झा
ग्रेड ‘बी’
रित गोतम, मौसम ढकाल, अर्जुन घर्ती र भुवन कार्की
ग्रेड ‘सी’
दीपेन्द्र रावत, दीपक डुम्रे र उनिस विक्रम सिंह थकुरी
मार्की खेलाडीः सोमपाल कामी

 

चितवन राइनोज
ग्रेड ‘ए’
रिजन ढकाल, कमलसिंह ऐरी र शरद भेषवाकर
ग्रेड ‘बी’
विपिन रावल, अमरसिंह रौटेला, दीपक बोहरा र दीपेश श्रेष्ठ
ग्रेड ‘सी’
गौतम केसी, रन्जित कुमार र सन्तोष कार्की
मार्की खेलाडीः कुशल मल्ल

पोखरा एभेन्चर्स
ग्रेड ‘ए’
सागर ढकाल, दीलिप नाथ र आकाश चन्द
ग्रेड ‘बी’
किरणकुमार थगुन्ना, नारायण जोशी, बिपिन खत्री र सुमन गौतम
ग्रेड ‘सी’
दीनेश खरेल, अमृत गुरुङ र तृतराज दास
मार्की खेलाडीः कुशल भुर्तेल

विराटनगर किंग्स
ग्रेड ‘ए’
लोकेश बम, प्रतिश जिसी र बसिर अहमद
ग्रेड ‘बी’
राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल र दीपक बोहरा
ग्रेड ‘सी’
सुवाश भण्डारी, नरेन भट्ट र म्रिनल गुरुङ
मार्की खेलाडीः सन्दीप लामिछाने

जनकपुर बोल्ट्स
ग्रेड ‘ए’
अनिलकुमार शाह, ललित राजवंशी र किशोर महत्तो
ग्रेड ‘बी’
हेमन्त धामी, शेर मल्ल, रुपेशकुमार सिंह र आकाश त्रिपाठी
ग्रेड ‘सी’
शुभ कंशाकार, अरनिको प्रसाद यादव र तुलबहाुदर थापामगर
मार्की खेलाडीः आसिफ शेख

सुदूरपश्चिम रोयल्स
ग्रेड ‘ए’
आरिफ शेख, अभिनास बोहरा र विनोद भण्डारी
ग्रेड ‘बी’
खडकबहादुर बोहरा, अर्जुन कुमाल, इसान पाण्डे र नरेश बुढाएर
ग्रेड ‘सी’
नरेन साउद, भोजराज भट्ट र अमित श्रेष्ठ
मार्की खेलाडीः दीपेन्द्रसिंह ऐरी

काठमाडौं गुर्खाज
ग्रेड ‘ए’
शाहव आलम, भीम सार्की र रसिद खान
ग्रेड ‘बी’
दीपेश प्रसाद कँडेल, सुमित महर्जन, शंकर राना र कृष्ण कार्की
ग्रेड ‘सी’
विवेक केसी, प्रतिक श्रेष्ठ र राजु रिजाल
मार्की खेलाडीः करण केसी

लुम्बिनी लाइन्स
ग्रेड ‘ए’
सूर्य तामाङ, सन्दीप जोरा र विवेक यादव
ग्रेड ‘बी’
अशुन्तोष घिरैया, दुर्गेश गुप्ता, तिलकराज भण्डारी र अर्जुन साउद
ग्रेड ‘सी’
दीपेश अधिकारी, अभिशेष गौतम र विकास आग्री
मार्की खेलाडीः रोहित पौडेल

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *