याक एण्ड यति होटलले म्याद गुज्रिएको र पानीको बोतलको ४३० रुपैयाँ लिएपछि ३ लाख जरिवाना – Nepal Press

याक एण्ड यति होटलले म्याद गुज्रिएको र पानीको बोतलको ४३० रुपैयाँ लिएपछि ३ लाख जरिवाना

काठमाडौं । दरबारमार्गस्थित याक एण्ड यती होटलले ३० रुपैयाँको पानीको बोत्तल ४३० रुपैयाँमा विक्रि वितरण गरेको भन्दै ३ लाख जरिवाना गरिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार बजार अनुगमनका क्रममा ३५ रुपैयाँमा खरिद गरेको पानीको बोत्तल ४३० रुपैयाँमा विक्रि गरेको, रिलेवलिङ गरेको वा गुणस्तर परिमाण, मूल्य, नापतौलमा हेरफेर गरेको भन्दै ३ लाख जरिवाना गरेको विभागका महानिर्देशक राजन पौडेलले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार उक्त होटलले म्याद गुज्रिएको सामान समेत विक्री गरेको भेटिएको छ ।

उनका अनुसार विभागको टोलीले आइतबार मुल्य सूची तथा दर्ता प्रमाणपत्र नराखेको भन्दै काठमाडौं महानगरपालिका २७ मा रहेको रन्जीता ब्युटी होम एण्ड सक्रिन केयरलाई ७५ हजार जरिवाना गराएको छ भने खरिद विउ बिजक नराखेको भन्दै ललितपुरको हात्तिवनमा सञ्चालित खरिबोट मिनी स्टोर, भक्तपुरमा रहेको माखा किराना स्टोर, काठमाडौं महानगरपालिका २४ मा सञ्चालित न्यू सिर्जना टेलरलाई २०–२० हजारका दरले जरिवाना गरेको छ ।

यस्तै काठमाडौंकै ताहाचलमा रहेको कन्हैया स्टोरले पनि खरिद बिल बिजक नराखेको भन्दै ५ हजार जरिवाना गराएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *