माधवको आकाशमा मडारिएको बादल र तीनखुट्टे ओदानो – Nepal Press

माधवको आकाशमा मडारिएको बादल र तीनखुट्टे ओदानो

आज असोजको शुक्ल चतुर्थीसम्म आइपुग्दा काठमाडौंको आकाश खुलेको छ । निश्चल र कञ्चन दृश्यले दशैं बोलाउँदैछ ।

राजनीति चाहिँ अलिक निर्मम छ । राष्ट्रिय राजनीतिका मुख्य प्रतिस्पर्धी केपी ओली र शेरबहादुर देउवाको साझेदारीको सत्ता छ । त्यहाँभित्र दुई किसिमका हठ र दम्भको रजगज हुने नै भयो । ज्योतिष अच्युतप्रसाद पौडेललाई पत्याउँदा सरकार कात्तिक उता जाँदैन । घटनाक्रमलाई हेर्दा कात्तिक नै ढिलो होला भन्ने बुझिन्छ ।

मुख्य दुई ठूला दल मिलेको सत्ता राजनीतिले साना दलहरुलाई आफ्नो रुचिअनुसार बर-व्यवहार गर्ने नै भए । ओलीले माओवादीसँगको सत्ता सहकार्यकालमा जसपालाई फुटाए । ओलीका निम्ति जसपा फुटाउनु ‘फुटकर’ मामिला हो । उनको सबैभन्दा बढी मतलबका मानिस हुन्, माधवकुमार नेपाल । माधवहरुले नै बनाएको पार्टीमा एक दिन उनी ‘सत्तारुढ’ भए । त्यहाँदेखि उनले तिनै माधवहरुलाई लखेट्दै लखेट्दै २०७८ सालमा छोडेर हिँड्नुपर्ने बनाए । यतिले पनि ओलीलाई पुगेको छैन । उठ्न नसक्ने गरी माधवलाई ‘बसाउने’ कुरासँग ओलीको सबैभन्दा ठूलो सरोकार छ ।

इतिहास, निष्ठा र समर्पणको चस्मा लगाएर हेर्दा माधव नेपाल जत्तिको अग्लो मान्छे ‘झापाली धार’ बाट विकास भएको कम्युनिष्ट आन्दोलनमा विरलै भेटिन्छ, तर धोकैधोकाको यात्राले उनलाई सुख दिएन । आज अलग्गै पार्टी बनाएका छन् । पार्टीभित्र भरपूर विश्वास गरिएका आधाउधी मान्छे ओलीसँगै मिलेर उनलाई सताइरहेका छन् । हिजो १० बुँदे गरेर जानेहरुले त आफूलाई खुलेआम ‘धोकेबाज’ नै करार गरेका थिए । बाहिर माधवलाई ‘महान’ भन्दै नेपथ्यबाट सल्बलाइरहेका पात्र सबैभन्दा घातक हुन् । माधवले त्यस्ता मान्छे समयमै चिन्ने हो भने उनलाई ‘सिध्याउन’ ओलीले चौधैं भुवन धाए पनि केही चल्नेछैन ।

यसबीच पंक्तिकारले ‘एक्जिट डोर’ का दृश्यबारे तयार पारेको आलेखको अन्तर्यमा नगई केही उपबुज्रुक वा डेढअक्कलीहरु खडा गरी विभिन्न तर्कना पेश भए । ‘हामी सच्चिनुपर्छ’ भन्ने चेत अझै पलाएको छैन ।

हिजो १० बुँदे गरेर जानेहरुले त आफूलाई खुलेआम ‘धोकेबाज’ नै करार गरेका थिए । बाहिर माधवलाई ‘महान’ भन्दै नेपथ्यबाट सल्बलाइरहेका पात्र सबैभन्दा घातक हुन् । माधवले त्यस्ता मान्छे समयमै चिन्ने हो भने उनलाई ‘सिध्याउन’ ओलीले चौधैं भुवन धाए पनि केही चल्नेछैन ।

माधव नेपालका निम्ति उनको सचिवालयबाट केही नलिई आफ्नो व्यवसाय र इलमबाट घरबारी जोडेका मोहन गौतम र लक्ष्मण केसीहरु बराबरी हुनुपर्थ्यो वा बराबरीमा राखिनुपर्थ्यो । त्यसो नहुँदा उनका नाममा अरुले यति धेरै खेल्ने मौका पाए कि यस्ता घटनाले ओलीहरु नहौसिने कुरै भएन । यी यस्ता इमानदार पात्र हुन्, जसले व्यक्तिगत लाभका निम्ति माधवका नाममा केही लिएनन्, बरु माधवलाई काँध हालेका दिनदेखि व्यवस्थित बनाइरहे । जसरी अहिले कार्यालय सचिवमा रामकुमार भट्टराई र स्वकीय सचिवालयमा लक्ष्मण रेग्मी जस्ता निष्ठावान मानिस आए, हिजो रामकुमार र लक्ष्मणको भूमिकामा मोहनहरु नै थिए । भोलि रामकुमार र लक्ष्मणको झगडा पारेर माधवका नाममा अरुले नै फाइदा लुटे भने त्यसले व्यक्तिहरुलाई भन्दा ठूलो क्षति नेतृत्वलाई नै पुग्छ । माधवले ख्याल गर्न नसकेको यो गम्भीर पक्ष हो ।

सपनाहरुको बिस्कुन लगाएर कोही पनि आफूलाई सिध्याउन राजनीतिमा लागेका हुँदैनन् । सबैले आ–आफ्नो भूमिका र जिम्मेवारी खोज्नुपर्छ । मोहन गौतम, दिलु पन्तहरुभन्दा जुनियर मानिस पार्टीमा उपमहासचिव, सचिव बनिसक्दा उनले र उनी जस्ता माधवको सहयोगी भएकै नाममा तल्तिर खुम्चिएरै बस्नुपर्छ भन्ने हुँदैन, तर यही नाममा सघन समूहभित्र जसरी मानिसहरुको खेलो चल्यो, त्यो प्रियकर विषय होइन ।

किनभने अहिले माधव नेपालको राजनीति विभिन्न तहको घेराबन्दीभित्र छ । यस्तो स्थितिमा किन आफूभित्रैका सघन सहयोगीबीच झगडा पारियो ? पंक्तिकारको दाबी छ, दुष्चक्रीहरुको घेराबन्दीले माधवको सघन समूहभित्रै झगडा पारेर फाइदा लुट्न खोजिरहेको छ । अहिले पार्टीमा चुलिएको असन्तुष्टिका बीचमा अर्थात् ‘फलाम तातिरहेकै बेला’ हान्न खोज्नु कुनै पनि शत्रुको कर्तव्य हुन्छ । अहिले एकीकृत समाजवादीका शत्रु यही स्थितिमा छन् । त्यसैले अघिल्लो आलेखमा ‘एक्जिट डोर’ को चर्चा गरिएको हो ।

फेरि पनि प्रश्न छ, आफ्नो पार्टीकी एकजना नेतृको नक्कली भिडियो बनाउने मान्छे पार्टीले पत्ता लगायो ? वा त्यस्तो नक्कली भिडियो बनाउने मान्छे पत्ता लगाउने कानूनी र प्राविधिक प्रक्रियामा कसैलाई पठाइयो ? पठाइएन । त्यो नक्कली भिडियोलाई बहाना बनाएर केही पत्रकारका विरुद्ध विषवमन गर्ने काम भने फटाफट भइरहेको छ । अर्थात् समस्याको जडीमा नपुगी कुनै पनि समस्याको समाधान हुँदैन । नक्कली भिडियो बनाउने मान्छे पत्ता लगाई, त्यस्तो मान्छेलाई दण्डित नगरी त्यसबाट प्रताडित पात्रले कदापि न्याय पाउँदिनन् । पीडितलाई न्याय दिने कसैको इच्छा छैन । त्यसैले त्यसको जडीमा पुगौं भन्ने कोही पनि देखिएनन् ।

नेकपा एकीकृत समाजवादीभित्र शुरुबाटै एउटा ‘तीनखुट्टे ओदानो’ खडा गरिएको छ । त्यो ओदानोले माधव नेपाललाई न हास्न दिन्छ न त रुन नै । ‘ओदानो’ पनि कस्तो भने ओलीलाई चाहिँदा बालिदिने र माधव नेपाललाई हायलकायल पारिदिने । नचाहिँदा निभाएर जिस्क्याइरहने, तर्साइरहने ।

यो प्रतिनिधि घटना हो । मूल विषयलाई नजरअन्दाज गर्दै सहायक विषयमा अल्मलियो भने विद्रोहले गन्तव्य भेट्दैन । बरु विद्रोहलाई विद्रोही आवरणमा भित्रिएका धोकेबाजहरुले नै औचित्यहीन बनाइदिन सक्छन् । विद्रोही आवरणका ती मानिस नै माधव नेपालका ‘गुन्टा’ बनेर उफ्रिरहेका छन्, जसले क्षति पुर्‍याइरहेको छ । ‘लाहुरेभन्दा गुन्टा बढी उफ्रिने’ प्रसंगका पात्र तिनै हुन्, जो माधव नेपालको मान्छे जस्तो देखिएर उनैको विद्रोहलाई क्षति पुर्‍याइरहेका छन् । उनको पार्टीको प्रवक्ता बनेर चुकुल लगाई-लगाई मिटिङ गर्नेहरु माधव नेपाल अर्थात् ‘लाहुरेभन्दा गुन्टा’ बढी भएर उफ्रिएका हुन् ।

(विषय वा प्रसंगले ‘गुन्टा’ का नाममा अघिल्लो आलेखमा कोही कसैलाई भ्रम भए स्पष्ट हुन अनुरोध छ, हिजो प्रचार विभागका नाममा चरम गुटबन्दी गर्ने र माधव नेपालको प्रवक्ता भएर उनकै विद्रोहलाई क्षति पुर्‍याउँदै आएका मानिस हुन् ।)

उनीहरु नक्कली भिडियो बनाउने मान्छे खोजौं भन्दा किन डरले थुरथुर कामिरहेका छन् ? भिडियो सर्वत्र फैलिएपछि पात्रको नाम र अनुहार उल्लेख नगरी समाचार लेख्ने पत्रकारलाई सजाय दिएपछि पीडितले न्याय पाउँछिन् भन्ने गलत भाष्य निर्माण गरिँदैछ । न्यायको बाटो त्यो हैन । त्यो नक्कली भिडियो बनाउने ‘अपराधी’ लाई पहिला उभ्याउनुपर्छ । अनि न्यायको बाटो प्रशस्त हुन्छ । यसले भन्छ, ‘दालमे कुछ काला है ।’

तीनखुट्टे ओदानो

नेकपा एकीकृत समाजवादीभित्र शुरुबाटै एउटा ‘तीनखुट्टे ओदानो’ खडा गरिएको छ । त्यो ओदानोले माधव नेपाललाई न हास्न दिन्छ न त रुन नै । ‘ओदानो’ पनि कस्तो भने ओलीलाई चाहिँदा बालिदिने र माधव नेपाललाई हायलकायल पारिदिने । नचाहिँदा निभाएर जिस्क्याइरहने, तर्साइरहने ।

बाढीले देशभर पुगेको क्षतिपछि ओली सरकारले दशैंको बीचमा चलाउन खोजेको राजनीतिक बितण्डा मत्थर भएको छ । यद्यपि त्यस्तो सम्भावना समाप्त भएको छैन ।

कुनै राजनीतिक दलबाट विभाजित भएर निर्माण भएको दल पाँच वर्षसम्म फेरि विभाजित हुन नपाउने कानूनी व्यवस्था छ । त्यसले एकीकृत समाजवादीको संसदीय दलको विभाजनलाई रोक्दै आएको छ । संसदको अधिवेशन अन्त्य गरिएको स्थितिमा अध्यादेशबाट उक्त व्यवस्थालाई संशोधन गर्दै जसपाकै शैलीमा एकीकृत समाजवादी विभाजित गर्ने अभ्यासमा केपी ओलीले आजदेखि हैन, हिजो प्रचण्डसँगको सत्ता सहकार्यदेखि नै थालेका हुन् । उतिबेला प्रचण्डले मानेनन्, अहिले समयले साथ दिएको छैन ।

संसदको अधिवेशन अन्त्य गरिएको स्थितिमा अध्यादेशबाट उक्त व्यवस्थालाई संशोधन गर्दै जसपाकै शैलीमा एकीकृत समाजवादी विभाजित गर्ने अभ्यासमा केपी ओलीले आजदेखि हैन, हिजो प्रचण्डसँगको सत्ता सहकार्यदेखि नै थालेका हुन् । उतिबेला प्रचण्डले मानेनन्, अहिले समयले साथ दिएको छैन ।

ओलीले एकीकृत समाजवादीभित्र खडा गरेको ओदानोमा एउटा खुट्टा मधेशबाट, दोस्रो खुट्टा कर्णाली र तेस्रो खुट्टा सुदूरपश्चिमबाट टेकाइएको छ । ती को को हुन्, सबैलाई थाहा छ, तर त्यतिले नपुग्ने भयो ।

भित्रभित्रै…

अब बीचबीचमा भइरहेका सल्बलाहटको चर्चा गरौं ।

ओली समर्थनको प्रचण्ड सरकारमा एकीकृत समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री थिए । सरकार ढल्ने र नयाँ सरकार बन्ने छनक उनीहरुले पाइसकेका थिए । त्यसमा शेरबहादुरको समर्थन हुने र ओली प्रधानमन्त्री हुने कुरा पनि पक्कापक्की भइसकेको थियो, तर ओदानोले यो कुरा पार्टीलाई भनेन । फलतः पार्टी महाधिवेशनको उद्घाटन हुँदाहुँदै त्यस्तो राजनीतिक घटनाक्रमको विकास भयो ।

उक्त घटनापूर्व एकीकृत समाजवादीका पाँच सांसद तयार पारिएको थियो । ओदानोका तीन खुट्टाबाहेक कर्णाली प्रदेशबाट अर्का एक सांसद पनि त्यसमा गए । ओली र देउवासहित पाँच भाइको छलफल पनि भयो । शर्त थियो, भइरहेका मन्त्री हटाउन नपाइने । अनि बाँकी दुईलाई पनि मन्त्री चाहिने । यदि त्यस्तो भयो भने अर्को पुनर्गठनमा मन्त्री हुने गरी थप एकजना सांसद आउने । यसरी जम्मा ६ जना हुने भए । तत्काललाई पाँच जना ।

ओलीले सबै कुरा माने, ‘चार जना मन्त्री चाहिँ कसरी बनाउने ?’ भनेर अनाकानी गरिरहे । उनको भनाइ थियो, ‘आउने पाँच जना, मन्त्री चाहिँ चार ? यो अत्तिमात्रै हैन, अत्याचारै भयो नि ।’

यसरी त्यस दिनका लागि कुरा टुंगियो । नयाँ सरकार बनेपछि संसदीय दल विभाजन गर्न सकिने गरी अध्यादेश जारी गर्ने र यो काम गर्ने भन्ने कुरा भयो ।

नयाँ सरकार बनेपछि ओलीले एकीकृत समाजवादी फुटाउलान् भन्ने कुरामा उक्त पार्टीका नेता सजग हुने नै भए । माधव नेपालकै तहबाट शेरबहादुर देउवासँग कुरा भयो । उनले त्यस्तो काम हुन नदिने आफ्नो तर्फको प्रयास रहने बताए ।

मौका चाहिँ खोजिँदै रह्यो ।

एकीकृत समाजवादीको महाधिवेशनले मूल नेतृत्व चयन गरेपछि बाँकी केन्द्रीय सदस्य चयनको प्रक्रिया पेचिलो हुने कुरा एमाले वृत्तमा चर्चा चलेकै थियो । ओलीले केही नेताबाहेक अरुलाई जुन जुन जिम्मेवारी हो, त्यही त्यही दिने गरी आफ्नो पार्टीमा आउन आह्वान नै गरे, तर उनले आह्वान गरेरमात्रै भएन ।

उक्त घटनापूर्व एकीकृत समाजवादीका पाँच सांसद तयार पारिएको थियो । ओदानोका तीन खुट्टाबाहेक कर्णाली प्रदेशबाट अर्का एक सांसद पनि त्यसमा गए । ओली र देउवासहित पाँच भाइको छलफल पनि भयो । शर्त थियो, भइरहेका मन्त्री हटाउन नपाइने । अनि बाँकी दुईलाई पनि मन्त्री चाहिने ।

एकीकृत समाजवादीमा केन्द्रीय सदस्य चयन र ती केन्द्रीय सदस्यबाट पदाधिकारी निर्वाचन गराउने कुराले निम्त्याएको चरम विवादका बीच ओलीको खेल चर्को हुने नै भयो । तह तहका नेता लगाएर कुरा गरियो ।

व्यक्तिगत सौदाबाजीमा जाँदा भोलि भूमिका नपाइएला भनेर थुप्रैले पार्टी छाड्न आनाकानी गरे र नयाँ रणनीति बन्यो ।

त्यसअनुसार संसदको चालू अधिवेशन अन्त्य भएपछि (अहिले अन्त्य भइसकेको छ) उपयुक्त समयमा अध्यादेश ल्याउने । त्यसअनुसार कम्तीमा चार सांसद भए पुग्ने गरी संसदीय दल विभाजित गर्ने । उनीहरुले अलग्गै नाममा पार्टी दर्ता गर्ने । यसपछि एमाले र नयाँ दलबाट अलग-अलग वार्ता कमिटी बनाउने । वार्ताको सहमतिअनुसार व्यक्तिहरुको व्यवस्थापन गर्ने र एक महिनाभित्रै पार्टी एकता गर्ने ।

यो रोडम्यापअनुसार प्रदेश सांसद र स्थानीय तहसम्म कुरा चलाइयो । कतिपय कुरा सुन्नेबित्तिकै तयार भए । कतिपयले आनाकानी गरेका छन् ।

यसबीच पार्टीका एकजना सचिव र पूर्वराष्ट्रपति विद्या भण्डारीबीच विभिन्न चरणमा एकता प्रयासका निम्ति छलफल भयो । यो प्रयास ‘ओदानो समूह’ को नभएर संस्थागत थियो । यसमा माधव नेपालको समेत संकेत रहेको बुझिन्छ । विद्या भण्डारी एकताका निम्ति तयार देखिइन्, तर ओली कम्तीमा पाँच नेता स्वीकार्ने पक्षमा रहेनन् । ती हुन्, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, भीम रावल र राजेन्द्र पाण्डे ।

‘मान्छे चिन्नु, खसी किन्नु’

यो लोकोक्तिअनुसार खसीमात्रै किनेर हुँदैन, मान्छे पनि चिन्नुपर्छ । खसी किनिसकेपछि त्यो बाख्री परेछ वा बोका नै परेछ भने पनि मान्छे चिनेपछि सजिलो हुने मानिन्छ । अहिले माधव नेपालका निम्ति मान्छे चिन्नुपर्ने समय आएको छ ।

महाधिवेशनको बेला माधव नेपालसँग अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका घनश्याम भुसालसँग उनको निकट देखिएर त्यता मिल्न गएका को को थिए ? ‘फलानो मान्छेलाई तपाईंको टीमबाट महासचिवमा उठाइदिनुस्, माधव नेपाललाई सर्वमान्य नेता हुन हामी तयार पार्छौं’ भन्ने को थियो ? ‘माधव नेपालको टीमबाट म महासचिवमा उठिनँ भने घनश्यामको टीमबाट कन्फर्म भइसक्यो’ भन्ने को थियो ?

बादल फाटेको छैन

नेकपा एकीकृत समाजवादी एउटा सामान्य राजनीतिक दलमात्रै हैन । यो विद्रोह हो । यसका राजनीतिक आधार र कारण छन् । राष्ट्रिय राजनीति र वामपन्थी आन्दोलनका हकमा निश्चित कार्यभारभित्र यो विद्रोह आधारित छ । अहंकारी र व्यक्तिवादीका लागि यो ‘गुच्चा खेले जस्तो’, तर विद्रोहीका लागि त्यो ‘गुच्चा’ हैन, तातो गोली हो । त्यसले अहंकारीको शीरमा दफन गर्नुपर्छ, गर्छ, तर यसरी हैन ।

अनगिन्ती प्रदूषणले आकाशदेखि जमिनसम्म ढाकेका छन् । त्यसका निम्ति बादल फाट्नुपर्छ, वर्षा हुनुपर्छ । यसपछि विद्रोहको आँधी चल्छ । त्यो आँधीबाट सुन्दर सृष्टिका पक्षमा अगाडि बढ्न तयार पंक्ति त्यहीभित्र छ । माधव नेपालले त्यसलाई चिन्नुपर्छ । आँधीमा भाग्नेहरु आकाशमा बादल मडारिँदा चिनिँदैनन्, तर छिटपुट वर्षामै चाल पाउनुपर्छ, बादल र जमिनमा कस्ता कस्ता प्रदूषण छन् ।


प्रतिक्रिया

5 thoughts on “माधवको आकाशमा मडारिएको बादल र तीनखुट्टे ओदानो

  1. “नेकपा एकीकृत समाजवादी एउटा सामान्य राजनीतिक दलमात्रै हैन । यो विद्रोह हो ।“
    यो विद्रोह सिद्रोह केहि हैन। माहाधिवेशनमा हारेपछि पनि अध्यक्ष पद चाहिने नेपाली नेताको पुरानै रोग हो।

  2. तेरो मानसपिता माकुनेले आर्यघाटमा पुर्याएर छाडेको अचेत एमालेलाई खराब र जाली नै भए पनि ओलीले नै जिबनदान दिएर
    होसमा ल्याइदिएको हो। ईतिहास मै उल्लेख छ कि त्यती बेलाको एमाले नपुङ्सक नै थियो। धेरै शोक मग्न नहो साथी माकुने
    को मल्द्वार तेरो लागि हरिद्वार होला, धुपबत्ती गर प्रलाप गर्न बन्द गर।

  3. माकुनेलाई राम्रो देख्ने फुटेको आँखा!

  4. पद नपाएको रोईलो । दिल्लीका टट्टुहरूको दलाली किन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *