लेवान्डोस्कीले ह्याट्रिकमा बार्सिलोना विजयी – Nepal Press

लेवान्डोस्कीले ह्याट्रिकमा बार्सिलोना विजयी

हेटौँडा । रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गरेपछि स्पेनिस ला लिगामा लिग लिडर बार्सोलिनाले अल्भासविरुद्ध सानदार जित दर्ता गरेको छ ।

खेलको सातौँ मिनेट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई पहिलो अग्रता दिलाएका थिए । अल्भासको घरेलु मैदानमा आइतबार राति भएको खेलको २२ औँ मिनेटमा लेवान्डोस्कीको दोस्रो गोल मार्फत अग्रता दोब्बर बनायो ।

पहिलो हाफको ३२ औँ मिनेटमा थप एक गोल गर्दै लेवन्डोस्कीले ह्याट्रिक पूरा गरे ।

पहिलो हाफमा ३-० को अग्रतामा रहेको बार्सिलोनाले दोस्रो हाफमा पनि अल्भासलाई दबाबमा राखेको थियो । तर दोस्रो हाफमा दुवै टिमको तर्फबाट कुनै गोल हुन सकेन र खेल बार्सिलोनाले ३-० गोलले जित्यो ।

जितसँगै बार्सिलोना ९ खेलबाट २४ अंक सहित तालिकाको शीर्ष स्थानमा यथावत रहदा अल्भास समान खेलबाट १० अङ्क सहित तालिकाको १२ औँ स्थानमा छ ।

आइतबार राति नै भएको अर्को खेलमा जिरोनाले एथलेटिक क्लब बिल्बाओ विरुद्ध २-१ को रोमाञ्चक जित दर्ता गर्न सफल बन्यो ।

पहिलो हाफ बराबरी खेलेको बिल्बाओ र जिरोनाको दोस्रो हाफको इन्जुरी समय केहि तनावपूर्ण बन्यो ।

इन्जुरी समयको अन्तिम मिनेटमा बिल्बाओको पेड्रेसले रातो कार्ड खादै बाहिरिएपछि पाएको पेनाल्टीमा जिरोनाले गोल गरेपछि खेल जिरोनाले २-१ ले जित्यो ।

जितपछि जिरोना ९ खेलबाट १२ अङ्क सहित तालिकाको ११ स्थानमा रहँदा बिल्बाओको समान खेलबाट १४ अङ्क भएको छ भने तालिकाको छैटौँ स्थानमा कायम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *