कपिलवस्तु र रुपन्देहीका १५ सय परिवारलाई लालपुर्जा – Nepal Press

कपिलवस्तु र रुपन्देहीका १५ सय परिवारलाई लालपुर्जा

रुपन्देही । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सबै भूमिहीन, किसान, सुकुमबासी र वर्षौंदेखि बसोबास गरिरहेका अव्यवस्थित बसोबासीहरुले छिट्टै लालपुर्जा पाउने बताएका छन् ।

कपिलवस्तु र रुपन्देही जिल्लाका गाउँब्लकमा बसोबास गरेका करिब १५ सय परिवारलाई लालपुर्जा वितरण गर्दै मन्त्री अधिकारीले छिट्टै भूमि आयोग गठन गरी यसप्रकार समस्या दीर्घकालीन रुपमा समाधान गरिने बताएका छन् ।

उनले कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं १० पटना, कृष्णनगर नगरपालिका वडा नं १२ मा रहेको बदगाउँ र रुपन्देहीको रोहिणी गाउँपालिकाको गाउँब्लक (मिनाह डिही)मा वर्षौंदेखि अलपत्र रुपमा बसोबास गरेका परिवारहरुलाई लालपुर्जा वितरण गरेका हुन् ।

लालपुर्जा पाएपछि ज्येष्ठ नागरिक, अपाङ्ग र एकल महिलाहरु खुसी भएका थिए । वर्षौंंदेखि जग्गाधनी प्रमाण पुर्जा नहुँदा परेको पीडाबाट मुक्ति पाएको लालपुर्जा प्राप्त गरेपछि सहभागीले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर