नुगा नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा आर्थिक सहयोग – Nepal Press

नुगा नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा आर्थिक सहयोग

काठमाडौं । नुगा नेपालले आफ्नो सामाजिक उत्तरदायित्व बहनअन्तर्गत बाढीपहिरो पीडित राहतको लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा आर्थिक सहयोग गरेको छ ।

संस्थाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी आठ लाख एक हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

व्यवसायमा मात्र सीमित नभई सामाजिक दायित्वअन्तर्गत नेपाल र नेपालीको दुःखमा सधैं हातेमालो गरेर अगाडि बढ्ने प्रणअनुसार उक्त सहयोग गरिएको नुगा नेपालका प्रवन्ध निर्देशक राजीव भण्डारीले जानकारी दिए । उनले आगामी दिनमा पनि सामाजिक कार्यमा अग्रणी भूमिका खेल्ने बताए ।

नुगा नेपाल कोरियास्थित नुगा मेडिकलको नेपाल विक्रेता हो । नुगा नेपालले आफ्नो अनुभव केन्द्रमार्फत निःशुल्क थेरापी दिँदै आएको छ ।

नुगा नेपालका बजार व्यवस्थापक गणेश राईका अनुसार नेपालभर संस्थका २५ वटा शाखा रहेका छन् । बिर्तामोड, हेटौंडा, मन्थलीमा तिहारपश्चात शाखा खोल्ने क्रममा रहेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर