प्रभु समूहद्वारा विपद् प्रभावितलाई १ करोड ७५ लाख सहयोग – Nepal Press

प्रभु समूहद्वारा विपद् प्रभावितलाई १ करोड ७५ लाख सहयोग

काठमाडौं । प्रभु समूहले बाढीपहिरो प्रभावितका एक करोड ७५ लाख रुपैयाँ सहयोग गरेको छ ।

प्रभावित परीवारका लागि सहायतास्वरुप एवम् नेपाल सरकारलाई प्रभावितहरुको खोजतलास, उद्धार र राहतकार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रभु समुह अन्तर्गतका प्रभु बैंक लिमिटेड, प्रभु महालक्ष्मी लाईफ इन्स्योसुरेन्स लिमिटेड, प्रभु क्यापिटल लिमिटेड र प्रभु इन्स्योसुरेन्स लिमिटेडका तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्व बहन सोमबार सहयोग गरेको हो ।

प्रभु समुहका अध्यक्ष देवी प्रकाश भट्टचनले नेपाल सरकार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी प्रधानमन्त्री के.पीे. शर्मा ओलीलाई एक करोड ७५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

प्रभु समुह अन्र्तगतका उल्लेखित संस्थाहरुबाट प्रदान गरिएको उक्त सहयोगले बाढीपहिरो तथा डुबानबाट प्रभावितहरुको स्वास्थ्य उपचार तथा उद्धार कार्यमा सहायता पुग्ने अपेक्षा यस समुहले गरेको छ ।

साथै प्रभु समुहले बाढी तथा पहिरोबाट घाइते नागरिकहरुको शीघ्र स्वास्थलाभको कामना र मृतकजन प्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना पनि गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर