स्रोत नखुलेको १९ लाखसहित कलङ्कीबाट २ जना पक्राउ – Nepal Press

स्रोत नखुलेको १९ लाखसहित कलङ्कीबाट २ जना पक्राउ

काठमाडौं । स्रोत नखुलेको १९ लाख रूपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलखा विगु गाउँपालिका- ४ घर भई काठमाडौं महानगरपालिका- १४ कलंकी बस्ने ३५ वर्षीया सावित्री वली र काठमाडौं महानगरपालिका- २३ न्यूरोड बस्ने २५ वर्षीय सुरेश वली रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका- १४ कलंकीबाट सावित्रीलाई स्रोत नखुलेको १५ लाख रूपैयाँसहित फेला पारी पक्राउ गरेको थियो ।

थप अनुसन्धानको क्रममा सावित्री विगत १ वर्षदेखि काठमाडौं न्यूरोडस्थित भारतीय नागरिकको अफिसमा काम गर्ने बताएपश्चात उक्त अफिस जाँच गर्ने क्रममा उनकै भाइ सुरेशको साथबाट थप ४ लाख रूपैयाँ फेला पारी उनलाई समेत पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर