रतुवाको पाता फर्काएपछि बच्न थाले गाउँबस्ती – Nepal Press

रतुवाको पाता फर्काएपछि बच्न थाले गाउँबस्ती

झापा । अघिल्ला वर्षसम्म पानी पर्यो, रतुवामा बाढी आयो । झर्कादेखि तेलियाडाँगी सम्मका बासिन्दा घर छाड्थे । सडकमा निस्किन्थे । उपाय नै थिएन् । कि त बाढी झेल्न सक्न पर्यो नभए घर त छाड्नै पथ्र्यो ।

त्यस यता वर्षमा २/४ पटक रतुवाले अत्याउँछ । यस पटक भने पानी ठूलै पर्यो, रतुवा पनि भरियो तर कसैले घर छाडेर सडकमा निस्कन परे । अब रतुवाको पाता बाँधियो ।

२०५६ मा चुनाव जितेर गएपछि अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली सबैभन्दा आलोचित त्यही रतुवाबाटै थिए । उनले त्यसबेला रतुवाका पाता बाँधिन्छ भनेको सम्झनेहरुले २०६३ सालमा रिस नै फेरे । ओलीले झापा ७ बाट चुनाव हारे । तर त्यस यता सधै विध्वंस मच्चाउने रतुवाले यस वर्ष कसैलाई पनि हल्लाएन । कसैका घर खेत बगेनन् । कसैले बसाँई सर्न परेन । चैनको श्वास अब यस क्षेत्रका बासिन्दाले फेरेका छन् ।

रतुवा बाँध्ने अभियन्ता मध्येका हुन्, छत्रपति सुवेदी । जो अहिले गौरादह नगरपालिकाका प्रमुख छन् । ५० वर्षदेखि बाढीको बितण्डा खेपेर झेल्दै आएका सुवेदीकै अग्रसरतामा बाँध बाधियो । बस्ती जोगियो ।

‘यो वर्ष रतुवाले कतै क्षति गरेन, यही आर्थिक वर्षमा रतुवामा अब अग्ला अग्ला बाँध बनिनेछन्’, सुवेदीले भने, ‘पानी पर्न साथ अब घर छाड्नु पर्दैन, बस्तुभाइ खेदाउन पर्दैन । रतुवाले सबै भन्दा बढी क्षति कमलको पुछार झर्का र अरु साविकको कोहबरा गाविस । कोहबरा अहिलेको गौरादह नगरपालिका हो ।’

विगतमा रतुवा मावा नदी नियन्त्रण मुल समितिका अध्यक्ष रहेका सुवेदीका अनुसार जनताको तटबन्धले गौरादह ५ मा २ हजार ५ सय मिटर बाँध बाधेको छ । असार लाग्नु अघि नै डिम्बाउठा र खयरबारीमा बाँसको पाइलिङ र बोराको बाँध नगरपालिकाले एक किलोमिटर बाँधियो । तेलियाँ डागीँ र नयाँ गाउँमा ३ सय ६३ मिटर त्यसै गरि गरियो ।

नगरप्रमुख सुवेदीका अनुसार बिगतको अभ्यासमा आधारमा यस पटक नदी नियन्त्रणको काम यस वर्ष प्रभावकारी भएको छ । ‘बाँध नभएका ठाउँमा असार अघि नै अस्थायी पाइलिङ गरियो, त्यसले बाढी छेक्यो’, उनले भने, ‘अब यस वर्ष बाकीँ रहेका ठाउँमा अग्ला बाँध बाधेर रतुवाको पाता फर्काइन्छ ।’

‘एसियाली विकास बैँकको कार्यक्रम अनुसार २ हजार ५ सय मिटर रतुवा बाँध्नका लागि तटबन्धले ठेक्का लागिसकेको छ । यो नयाँ गाउँ र तेलिया डाँगीसम्म बाँध बाधिन्छ । मगर गाउँ तेलियाडाँगी सबै भन्दा जोखिम क्षेत्र हुन्’, सुवेदी भने, ‘बाँकी रहेको एक किलोमिटर डिम्बाउठा र खयरबारीको काम नगरपालिकाले आफै गर्ने छ ।’

‘रतुवा नदी नियन्त्रणका लागि लागेका पूर्व जनप्रतिनिधि मदन अधिकारीका अनुसार अहिले बाँध बाधिएको छ । नदीले कटान गर्न पाएन, अब हामी कोहबरा बासिन्दा ढुक्क छौं’, उनले भने, ‘अब रहेको केही ठाउँमा यसै वर्ष काम सम्पन्न हुनेमा विश्वस्त छौं ।’

रतुवा नदीले गर्दा बिगतमा गाउँ नै छाडेर धेरै हिडे । नयाँ गाउँका झण्डै ६० घरले बाढीकै पिरलोले गाउँ छाडे । खाँडी गाउँका पारिपट्टी मोरङमा बसाइँ सरे । तेलियाडाँगी र चिटिगाउँ बिस्तारै रितिदै थिए ।

नगरपालिकाका मेयर सुवेदीले सबै नदी नियन्त्रण सँगै पूर्वाधार निर्माण गरिने र नदी छेउका बस्तिलाई पुरानै स्वरुपमा फर्काउने बताए । ‘मोटामोटी यस वर्ष रतुवा नदी तटबन्धको काम सकिन्छ’, सुवेदीले भने, ‘अब नदी नियन्त्रण गरेपछि त्यस छेउमा पूर्वाधार विकास गर्दै अघि बढ्ने छौं ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *