रोल्पाको गंगादेव गाउँपालिकाको नाम अब सुकिदह, पालिकाको केन्द्र सानडाँडाबाट सुखओडार – Nepal Press

रोल्पाको गंगादेव गाउँपालिकाको नाम अब सुकिदह, पालिकाको केन्द्र सानडाँडाबाट सुखओडार

काठमाडौं । रोल्पाको गंगादेव गाउँपालिकाको नाम परिवर्तन भएको छ । गाउँपालिकाको गाउँसभाको दुई तिहाई बहुमतले पारित भएको प्रस्ताव प्रदेश सरकारमार्फत संघीय सरकारलाई प्राप्त भएपछि सरकारले गंगादेव गाउँपालिकाको नाम परिवर्तन गरेर सुकिदह गाउँपालिका राखेको हो ।

यस्तै गाउँपालिकाको केन्द्र साविक वडा नम्बर ५ सानडाँडाबाट परिवर्तन गरेर वडा नम्बर २ को सुखओडार (जनावाङ) कायम गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव भरतमणि सुवेदीले जानकारी दिए । उनका अनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४ को उपदफा ३ मा टेकेर उक्त निर्णय गरिएको हो ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४ को उपदफा ३ मा गाउँपालिका वा नगरपालिकाको नाम वा केन्द्र हेरफेर गर्नु परेमा सम्बन्धित सभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाई बहुमतले पारित गरेको प्रस्ताव कार्यपालिकाले प्रदेश सरकारमार्फत नेपाल सरकारालाई पठाउनुपर्ने व्यवस्था छ ।

उदफा ४ मा प्राप्त भएको प्रस्ताव नेपाल सरकारले उपयुक्त देखेमा त्यस्तो गाउँपालिका वा नगरपालिकाको नाम वा केन्द्र हेरफेर गर्न सक्नेछ व्यवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *