परस्त्रीगमनमा लिप्त थिए नरेश, बिहे गरेको दुई महिनामै ममतालाई डिभोर्स दिन खोजेको खुलासा – Nepal Press

परस्त्रीगमनमा लिप्त थिए नरेश, बिहे गरेको दुई महिनामै ममतालाई डिभोर्स दिन खोजेको खुलासा

ममताकी बाल्यकालदेखिकी साथीले खुलाइन् नरेशका थप कर्तुत

काठमाडौं । अमेरिकामा नेपाली चेली ममता काफ्ले वेपत्ता भएको प्रकरणमा नयाँ नयाँ खुलासाहरु भइरहेका छन् । अमेरिकी प्रहरीले अझै प्रमाण नपुगेको बताइरहे पनि श्रीमान नरेश भट्टले नै श्रीमतीको क्रुर हत्या गरेको करिब छर्लंग भइसकेको छ ।

पछिल्लो पटक ममताकी बाल्यकालदेखि एक साथी भूमिका मिडियामा आएकी छन् । अमेरिका निवासी युट्यूवर सच्ची मैनालीलाई अन्तरवार्ता दिँदै उनले नरेश र ममताका सम्बन्धका थुप्रै नयाँ पहलुहरु सार्वजनिक गरिन् । यो सुनिसकेपश्चात नरेशको निच र पतित स्वभाव अझ राम्रोसँग उद्घाटित भएको छ ।

कञ्चनपुरको बेल्डाँडी–२ घर भएका नरेश ८ वर्षअघि २०७३ सालमा अमेरिका गएका थिए । एक वर्षपछि नै उनी अमेरिकी सेनामा भर्ति भए । २०७७ सालमा उनले काभ्रेको पनौति घर भएकी ममता काफ्लेसँग मागीविहे गरेका हुन् ।

ममता बैंगलोरमा नर्सिङ अध्ययनरत थिइन् । नरेश विहे गर्नका लागि नर्सको खोजीमा थिए । ममताभन्दा अगाडि उनी पढ्ने कलेजकै दुई ब्याच सिनियर युवतीलाई विवाहको प्रस्ताव गरेको भूमिकाले बताएकी छिन् । ती युवतीले अस्वीकार गरेपछि ममतालाई एप्रोच गरेको उनको भनाइ छ । दुवै परिवार सहमत भएपछि २०७७ साल मंसिर २५ मा उनीहरुको विवाह भयो ।

भूमिकाका अनुसार ममतासँग विहे गर्नुअगाडि नरेश नेपालकै अर्की एक युवतीसँग प्रेममा थिए । तर, ती युवतीको परिवारले उनलाई छोरी दिन नमानेपछि विवाह हुन नसकेको उनी बताउँछिन् ।

विहेलगत्तै ममताले अमेरिकाको भिसाका लागि प्रयास गरिन् । तर, पहिलोपटक एप्लाइ गर्दा दूतावासले भीसा दिएन । त्यसपछि नै नरेशले आफ्नो वास्तविक रूप देखाउन थालेको भूमिकाको भनाइ छ ।

‘ममताको पहिलोपटक भीसा नलागेपछि उसको व्यवहार पूरै बदलियो,’ भूमिका भन्छिन्, ‘उसले ममतालाई पुरै इग्नोर गर्न थाल्यो ।’

नरेशले ममतालाई सबै सामाजिक सञ्जालबाट ब्लक गरिदिएका थिए । यो केवल विहेको तीन महिनापछिको कुरा थियो । नरेशले ममतासँग कदापी सँगै बस्न नसक्ने र अब डिभोर्स गर्ने कुरा गर्न थाले । भूमिकाका अनुसार नरेशले आफ्नो फेसबुकमै ‘मष्खयचअभम’ लेखेका थिए ।

त्यहाँदेखि ममताले श्रीमानसँग सम्वन्ध जोगाउनलाई सबै किसिमका प्रयास गरिन् । आफू अमेरिका गएर सँगै बस्न पाएमा जसरी पगाल्छु भन्ने आत्मविश्वास उनलाई थियो । तर, नरेश उनीसँग बोल्नसमेत चाहँदैनथे ।

ममतासँग चिढिएका नरेश आफ्नो गर्लफ्रेन्डसँग फेरि नजिकिएका थिए । यो कुरा ममतालाई पनि थाहा भइसकेको थियो । तर, पनि उनी नरेशलाई केही भन्न सक्ने अवस्थामा थिइनन् ।

सुरुमा नरेशका परिवारले ममतालाई साथ दिएका थिए । संस्कारी र समझदारी बुहारी पाएकोमा उनीहरु निकै सन्तुष्ट थिए । बुबाआमाले नरेशलाई सम्झाउने गरेको ममताले भूमिकालाई सुनाएकी थिइन् । तर, नरेश कसैको सुन्न चाहँदैनथे । उनको मनमा ममताप्रति वितृष्णा मात्रै थियो ।

दोस्रो प्रयासमा ममताको भीसा लाग्यो । विवाहको ८ महिनापछि २०७८ साउनमा उनी अमेरिका उडिन् । एयरपोर्टमा रिसिभ गर्न नरेश आएका थिए । विमानस्थलभित्र नरेशलाई भेट्नसाथ ममताले खुट्टामा ढोगेको भिडिओ अहिले पनि टिकटकमा भेटिन्छ ।

अमेरिका गएपछि केही समय ठिकठाक भयो । तर, फेरि पनि नरेश पुरानै रुपमा फर्किन थाले । ममतालाई तिरस्कार र दुव्र्यवहार गर्न थाले । उनी बाहिर अफेयरमा समेत थिए । बाहिर आफूले अरु केटीसँग सम्वन्ध राखेर आएको ममतालाई सगर्व सुनाउने गर्थे ।

भूमिका भन्छिन्, ‘बाहिर अरुसित सम्वन्ध राख्ने र ममतालाई तँ मोटी भएर मलाई सन्तुष्टि भएन भन्दोरहेछ ।’

श्रीमानले जेजे गर्दा पनि ममताले सहेरै बसिन् । श्रीमानसँग सम्वन्ध टुटाउन उनी तयार थिइनन् । सहनशीलता नै ममताको मुख्य कमजोरी बनेको बताउँछिन् भूमिका ।

‘नरेशले आफ्नो वास्तविक रुप देखाउन थालेपछि मैले त विहेको ३–४ महिना पछाडि नै डिभोर्स गर्न सुझाव दिएकी थिएँ,’ उनी भन्छिन्, ‘तर, उ नरेशलाई माया गर्थि । म उसित छुट्न सक्दिनँ भन्थि । जसरी पनि उसलाई ठीक बाटोमा ल्याउँछु भन्थि ।’

ममतालाई समाजको डर पनि थियो । आफ्नो बुवाआमालाई अप्ठेरो पर्छ भन्ने चिन्ता थियो । ज्वाईंले गरेको उपेक्षा र दुव्र्यवहारबारे उनले कहिल्यै आफ्नो माइती परिवारलाई सुनाउन सकिनन् । ममताले सुनाउन सक्ने व्यक्ति केवल भूमिका थिइन् । आफूले नरेशलाई बारम्बार फोन गरेर सम्झाउन खोजेको, तर सफल नभएको भूमिका बताउँछिन् ।

अमेरिकामा गएपछि आफ्नो घर सम्हाल्न ममताले सबै प्रयास लगाएकी थिइन् । ममताकै मितव्यीता र संघर्षले गर्दा नरेशले पनि भव्य घर र गाडी जोडे । तर, उनी ममतासँग भावनात्मकरुपमा कहिल्यै नजिक भएनन् । पुत्री लाभ भएपछि ममताको जिम्मेवारी थपियो । नरेशका आमाबुवा पनि अमेरिका आए । त्यसपछि भने आमाबुवाले पनि फरक व्यवहार गर्न थालेको ममताले भूमिकालाई सुनाएकी थिइन् ।

‘अमेरिका आएपछि सासुससुराले पनि छोराको कुरा सुन्न थाले । परिवारमा ममता एक्लिइन् । त्यसपछि उसलाई झनै गाह्रो भयो,’ भूमिकाले भनिन् ।

नरेशको अन्य केटीहरुसँगका सम्वन्धले आहत हुँदै गएकी थिइन् ममता । आफ्नो भविष्यलाई लिएर चिन्तित थिइन् ।

‘यो मान्छे एकदमै धेरै लड्कीवाज रहेछ भन्थि । तँ सोचेर मात्रै बिहे गर है मेरो त यस्तो भयो भनेर सम्झाउँथी’ भूमिका भन्छिन् ।

भूमिकाका अनुसार ममता र उनी नेपाल आउने योजना बनाइरहेका थिए । ममता बेपत्ता हुनुभन्दा ३–४ दिन अगाडि उनीहरुको फोनमा कुराकानी भएको थियो । तर, उनीहरुको योजना अधुरो रह्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर