काभ्रेको बाढीप्रभावित क्षेत्रमा प्रहरीको नि:शुल्क स्वास्थ्य शिविर, २१२ जनाको उपचार – Nepal Press

काभ्रेको बाढीप्रभावित क्षेत्रमा प्रहरीको नि:शुल्क स्वास्थ्य शिविर, २१२ जनाको उपचार

काठमाडौं । नेपाल प्रहरीले काभ्रेको बाढीप्रभावित क्षेत्रमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

नेपाल प्रहरी अस्पतालका नायब महानिरीक्षक (डिआइजी) डा.सञ्जय बिक्रम श्रेष्ठको नेतृत्वमा रहेको प्रहरी अस्पतालका ६ जना विभिन्न बिषयका विशेषज्ञ चिकित्सक सहितको टोलीले काभ्रेको बाढि प्रभावित क्षेत्रमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

बेथानचोक गाउँपालिकाको वडा नम्बर ४ चलाल र पनौती नगरपालिका १० खेपासीमा सञ्चालित  शिविरमा ९४ जना पुरुष तथा ११८ जना महिला सहित २१२ जनालाई निशुल्क सेवा प्रदान गरिएको नेपाल प्रहरी अस्पतालले जनाएको छ । स्वास्थ्य शिविरको गृहमन्त्री रमेश लेखकले निरिक्षण गरेका थिए ।

स्वास्थ्य शिविरको निरिक्षण गृहमन्त्री रमेश लेखक, बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले निरिक्षण गरेका थिए ।

शिविरमा डेण्टल, जनरल सर्जरी, बाल रोग, मेडिसिन, हाडजोर्नी, छाला ६ बिधाका विशेषज्ञहरुद्वारा सेवा र प्याथोलोजी,ड्रेसिङ तथा नि(शुल्क औषधी प्रदान गरिएको थियो । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर