रावण वधको विजया दशमी होइन, मातृ महिमाको बडादसैँ
हामी पङ्क्तिबद्ध भएर बस्थ्यौं । म न कान्छो न त जेठो, कतैबाट पनि मेरो बसाइ माझमा पर्दैन थियो । बा र आमाले क्रमशः टीका लगाइदिँदै आउनुहुन्थ्यो । बा मन्त्र फलाक्नुहुन्थ्यो, ‘जयन्ती मङ्गला काली भद्रकाली कपालिनी । दुर्गा क्षमा शिवा धातृ स्वहा स्वधा नमोस्तुते …..!’ यस मन्त्र-श्लोकका ‘नमोस्तुते’ बाहेकका सबै शब्द देवीका नाम रहेछन् । आमा सँगैसँगै भन्नुहुन्थ्यो, ‘चन्द्रमा दाहिने होऊन्, दुर्गा भगवतीले रक्षा गरून्, मनले चिताएको पुगोस्… !’ आदि आदि । मेरा बा गाउँको पुरोहित हुनुहुन्थ्यो । ब्रह्मा, विष्णु, शिव, कृष्ण, रामलगायत अन्य देवताहरूका स्तुति–प्रार्थनाका श्लोकहरू पनि जान्नुहुन्थ्यो, तर दसैँको टीका लगाइदिँदा ती श्लोकहरू भन्नुहुन्थेन ।
प्रत्येक वर्ष असोज शुक्ल प्रतिपदा (जमरे औँसीको भोलिपल्ट) देखि असोज शुक्ल पूर्णिमा (कोजाग्रत पूर्णिमा) सम्म १५ दिन स्कुल बिदा हुन्थ्यो । यस बिदालाई दसैँ बिदा भनेर भनिन्थ्यो । विद्यालय-शिक्षा क्षेत्रबाहेकका कर्मचारीहरू पनि घर आउँथे । त्यसरी आउने कुरालाई पनि उनीहरू ‘दसैँको छुट्टीमा आएको’ भन्थे ।
परदेश गएकाहरूले लेख्ने चिट्ठीपत्रमा पनि ‘दसैँको छुट्टीमा आउनेछु वा दसैँको छुट्टीमा पनि आउन नसक्ने भएँ’ भनेर आफूलाई अभागी छोरो वा अभागी नातो उल्लेख गर्दथे । कर्मचारीहरू पाउने थप रकमलाई पनि दसैँ भत्ता वा दसैँ पेस्की भनिन्थ्यो ।
गाउँगाउँमा नवरात्रिमा घटस्थापना गरेर पूजा गर्ने सार्वजनिक मन्दिर (कोट-कोत) लाई दसैँघर भनिन्छ । नवरात्रिको अन्तिम दिन अर्थात् असोज शुक्ल दशमीको दिनलाई दसैँ र त्यस दिन लगाइने टीकोलाई दसैँको टीको भनिन्छ । पण्डितहरूले पनि यस दिनको टीको लगाउने समयलाई दसैँको टीकाको साइत भन्ने गर्दछन् ।
गाउँगाउँमा नवरात्रिमा घटस्थापना गरेर पूजा गर्ने सार्वजनिक मन्दिर (कोट-कोत) लाई दसैँघर भनिन्छ । नवरात्रिको अन्तिम दिन अर्थात् असोज शुक्ल दशमीको दिनलाई दसैँ र त्यस दिन लगाइने टीकोलाई दसैँको टीको भनिन्छ । पण्डितहरूले पनि यस दिनको टीको लगाउने समयलाई दसैँको टीकाको साइत भन्ने गर्दछन् ।
परदेश गएकाहरू सकेसम्म छुट्टी लिएर घरमा आउँछन् । मान्यजनको दर्शन र उनीहरूको आशीर्वाद प्राप्त गर्दछन् । अन्यत्र यस्तो हुँदैन । दसैँको खसी, दसैँको बोका, दसैँको बलि, दसैँको राँगो, दसैँका रोटी, दसैँको दक्षिणा, दसैँका लुगा आदि यी सबैले दसैँ नै दसैँ प्रमाणित गर्दछन् । त्यसैले दसैँ नेपालीहरूको मौलिक पर्व हो भन्ने स्पष्ट हुन्छ । नेपालीहरूले जमरा राख्दछौं । नेपालीहरू पिङ हाल्छौं, बनाउँछौं । पिङ खेल्छौं । कतै कतै सरायँ पनि खेल्दछौं । नेपाली सेनाले हर्षबढाइँ गर्दछ ।
दसैँको ‘फूलपाती’को छ । फूलपातीमा गरिने कार्य पनि अन्यत्र र नेपालमा फरक छ । यस दिन बिहान फल, फूल, नयाँ फलेका सब्जी, उखु आदि संकलन गर्न दुर्गा मन्दिर, दसैँघर, कोटघरबाट कुमार पुजारीहरू गाउँघर, बस्तीमा जान्छन् र त्यसरी संकलन गरिएका फलफूल आदि दुर्गा मन्दिर, दसैँघर, कोटघरमा लिएर जान्छन् । यी वस्तु त्यहाँ समर्पित गरिन्छ । यति सबैले बुझिन्छ, तर यसको अर्को पाटो पनि अनुमान गर्न सकिन्छ र त्यो हो, माताको सत्तामा कोही भोको नरहून् भन्ने हिसाबले यस अवसरमा मातृसत्ताका ‘प्रहरीहरू’ घरघरमा निरीक्षण गर्दछन् र खेतीपाती, फलफूल, सागसब्जी, अन्य अवस्थाबारे जानकारी राख्दछन् र ती विषयमा महामातालाई जानकारी गराउँछन् । यसको प्रक्रियाहरू हेर्दा-बुझ्दा मातृसत्ताको युगमा जीवन व्यवहारको समग्रता यही दसैँमा उनिएको देखिन्छ ।
दसैँ नवदुर्गाको पूजा गरी मनाइने पर्व हो । ‘नव’ भनेको नौ हो र नयाँ पनि हो । समाजसँग जोडिएको हुनाले यसमा आउने परिवर्तन नै नयाँ हो । ‘नवदुर्गा’ भएर होला, सामाजिक संस्कृतिका ‘नव’-नयाँ नयाँ दृष्टिकोणका ‘दुर्ग’ (किल्लाहरू) पनि प्रकट हुने गरेका छन्, अर्थात् नयाँ नयाँ अन्याय अत्याचारका विरुद्ध नयाँ नयाँ शक्ति विकास भइरहेको छ । यी शक्ति राज्यको नीति, सामाजिक चिन्तन, संरचना र संस्कृतिमा विकसित भएका र भइरहेका छन् । नयाँ र थप नयाँ हुनु परिष्कार हुनु हो । संस्कृति भनेको परिष्कार हो, संस्कारको परिणति हो । नौ (९) को बारेमा बुझ्नुपर्ने अन्य धेरै कुरा छन् ।
शत्रुसँगको युद्ध होस् वा जीवन संघर्ष; संघर्ष बहुआयामिक हुन्छ । यी आयामका प्रतिनिधि देवीहरू नै नवदुर्गा हुन् । देवीहरूका नाम नै यिनका गुण, सामर्थ्य र विशेषता हो । तिनलाई यसरी वर्णन गरिएको छ-
माताको सत्तामा कोही भोको नरहून् भन्ने हिसाबले यस अवसरमा मातृसत्ताका ‘प्रहरीहरू’ घरघरमा निरीक्षण गर्दछन् र खेतीपाती, फलफूल, सागसब्जी, अन्य अवस्थाबारे जानकारी राख्दछन् र ती विषयमा महामातालाई जानकारी गराउँछन् । यसको प्रक्रियाहरू हेर्दा-बुझ्दा मातृसत्ताको युगमा जीवन व्यवहारको समग्रता यही दसैँमा उनिएको देखिन्छ ।
प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी । तृतीयं चन्द्रघण्टेति कूष्माण्डे तु चतुर्थकम् ।
पञ्चमं स्कन्दमातेति षष्ठं कात्यायनीति च । सप्तमं कालरात्रिश्च महागौरीति चाष्टमम् । नवमं सिद्धिदात्री च नवदुर्गा प्रकृर्तिताः
अर्थात् शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कूष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री यी नवदुर्गाका रूपमा प्रसिद्ध छन् ।
फरकफरक नाम र फरकफरक स्वरूपका नौवटी देवीलाई ‘नवदुर्गा’ भनेर पूजा गरिन्छ । यी सबैका नामको विशिष्ट अर्थ रहेको छ । यी नामहरू देवीका फरक गुण, फरक विशेषता र फरक शक्तिका प्रतीक हुन् । यी विषयको अन्तरवस्तुप्रतिको स्वीकारोक्ति र सम्मान नै पूजा हो । यिनीहरूप्रतिको सार्थक जिज्ञासा नै पाठ र कथाको अन्तरवस्तु हो ।
‘विजया दशमी’ फरक हो । भारतमा विजया दशमी मनाउने प्रचलन छ, तर मनाउने तरिका र अन्तरवस्तुमा नै भिन्नता देखिन्छ । विजया दशमीलाई अयोध्याका राजकुमारले लङ्काका राजा रावणलाई वध गरेको खुसीमा विजयोत्सवका रूपमा मनाइन्छ । राम-रावणको युद्ध र त्यसमा भएको जय-पराजयको कथाबारे अन्यत्र चर्चा गर्न सकिन्छ । राम र रावणको कथा रामायण हो । नवरात्रि र दसैँ पर्व देवी भागवतको कथासँग सम्बन्धित हो । यसमा रामायण पाठपारायण गरिँदैन, दुर्गा सप्तशती चण्डी पाठ गरिन्छ । विजया दशमीको प्रसङ्ग त्रेता युगको हो । जबकि नवदुर्गाको प्रसङ्ग सत्य युगको हो । रामलाई मान्नु, रामको विजयमा खुसी हुनु आफ्नो ठाउँमा होला, मातृशक्तिको महानतालाई कमजोर पार्ने गरी पर्व मनाउनु न्यायपूर्ण हुँदैन । देवीका कथा सुन्ने, देवीको पूजा-आराधना गर्ने, रामको विजयको उत्सव मनाउने कुरा मिल्ने कुरा हो र ?
अन्धविश्वासले संस्कृति धमिलिन्छ । यथार्थ र सत्यबोधले संस्कृति समुन्नत हुँदै जान्छ । यो क्रम चलिरहेको छ, चलिरहन्छ । विशेषतः यो क्रम चाडपर्वमा बढी मुखरित हुन्छ । सबैभन्दा बढी अन्धविश्वास चाडपर्वमा देखिन्छ र सबैभन्दा सत्यबोधको अवसर पनि चाडपर्व नै हो ।
‘नवदुर्गा’ भएर होला, सामाजिक संस्कृतिका ‘नव’-नयाँ नयाँ दृष्टिकोणका ‘दुर्ग’ (किल्लाहरू) पनि प्रकट हुने गरेका छन्, अर्थात् नयाँ नयाँ अन्याय अत्याचारका विरुद्ध नयाँ नयाँ शक्ति विकास भइरहेको छ । यी शक्ति राज्यको नीति, सामाजिक चिन्तन, संरचना र संस्कृतिमा विकसित भएका र भइरहेका छन् ।
दसैँ पर्वका अनेकौं आयाम छन् । यो पर्व पारम्परिक हो, सांस्कृतिक हो, धार्मिक हो, पारिवारिक हो । यो युद्धसँग जोडिएको छ, शान्ति र प्रतिबद्धतासँग जोडिएको छ । यो त्याग र समर्पणसँग जोडिएको छ । यो कृषिसँग जोडिएको छ । अहिले त यसको जोडाइ देशको अर्थतन्त्रसँग छ । सबैभन्दा बढी व्यापार हुने, यातायातका साधनको सदुपयोग हुने हुनाले यो अर्थतन्त्रको महत्वपूर्ण पक्षका रूपमा रहेको छ ।
त्यसैले यो पर्वलाई ‘विजया दशमी’ भनेर एक दिनलाई मात्र सम्बोधन गरेर हुँदैन, यसलाई ‘बडादसैँ’ भनेर सम्बोधन गर्नु सही हुन्छ । यसै पनि यतिबेलाका तिथिहरूलाई महासप्तमी, महाअष्टमी, महानवमी भनिएको हुन्छ र ‘महा’ भनेको ठूलो हो । ठूलालाई ‘बडा’ भनिन्छ । दस दिन, अझ कहीँ कहीँ त असोज शुक्ल पूर्णिमासम्म पनि टीका-जमरा थापी आशीर्वाद लिने प्रचलन छ । पन्ध्र दिनसम्म मनाउने सबैभन्दा ठूलो र महत्वपूर्ण पर्वलाई एक दिनको जस्तो गरी ‘विजया दशमी’ मात्र भनेर पुग्दैन, बडादसैँ भन्नुपर्छ ।
नेपालीहरूको लागि दसैँ यस्तो पर्व हो, जसमा सकेसम्मका आफन्त भेटिन्छ । हजुरबा-हजुरआमा, बाबा-आमा, सासू-ससुरा, दाइ-भाउजू, मामा-माइजू आदि जेठो नाताका व्यक्तिहरूबाट टीका-जमरा लगाएर आशीर्वाद लिने यो पर्व महत्वपूर्ण चाड हो । सकेसम्म यो पर्व मान्नबाट नछुटियोस् भन्ने सबैको मनसाय रहेको हुन्छ । अहिले दसैँ मनाउनु भनेको मासु, मदिरा र मिष्ठान्नमा केन्द्रित अपव्यय र आडम्बर प्रदर्शन जस्तोमात्र देखिन्छ । नवदुर्गाको महिमाका दृष्टिले, सांस्कृतिक वैशिष्ठ्यका दृष्टिले दसैँको साह्रै ठूलो महत्व छ । बडादसैँको विशेषता र महत्वलाई विजया दशमीले बहन गर्न सक्दैन ।
(कोइराला संस्कृति अध्येता तथा अभियन्ता हुन् ।)
यसलाई सम्राट अशोकसित जोडेर पनि हेरौं ।
जानकारी मुलक लेख