क्यानडा एचपीविरूद्धको श्रृङखला नेपालले जित्यो, अन्तिम खेलमा कुशल र करणको उत्कृष्ट प्रदर्शन – Nepal Press

क्यानडा एचपीविरूद्धको श्रृङखला नेपालले जित्यो, अन्तिम खेलमा कुशल र करणको उत्कृष्ट प्रदर्शन

काठमाडौं । क्यानडा एचपीविरूद्धको ३ म्याचको श्रृंखला नेपालले जितेको छ । तेस्रो तथा अन्तिम खेलमा १० रनको जितसँगै श्रृंखला नेपालको पोल्टामा आएको हो ।

यस श्रृङखलामा नेपालले कप्तान रोहितकुमार पौडेलसहित केही मुख्य खेलाडीलाई विश्राम दिएको छ । पहिलो खेलमा तीन विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा २० रनले विजयी बनेको थियो । तेस्रो खेल पनि जितेपछि नेपालले श्रृंखला २-१ ले जितेको हो ।

तेस्रो खेलमा नेपालले ४८.३ ओभरमा सबै विकेट गुमाएर १८७ रनको सामान्य योगफल बनाएको थियोे । नेपालका लागि कसशल धुर्तेलले अर्धशतक बनाए । श्रृखलामा नेपाली ब्याट्सम्यानको यो पहिलो अर्धशतक हो । कुशल ५२ रन बनाएर आउट भएका थिए ।

मध्यक्रममा आरिफ शेखले ४० रन बनाए भने खेलमा कप्तानी गरेका सोमपाल कामी २७ रन जोड्न सफल भए ।

दोस्रो इनिङमा करण केसीले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिएपछि क्यानाडा एचपी १७७ रनमै अलआउट भयो । क्यानडाका लागि अलि नदिमले ५० रनको उत्कृष्ट पारी खेले पनि यो पर्याप्त भएन ।

क्यानडाबाट नेपाली टीम अमेरिका जाने छ । अमेरिकामा लिग २ अन्तरगत नेपाल, अमेरिका र स्कटल्याण्डबीच त्रिकोणात्मक सिरिज हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *